Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धनमा सहमति भए बाराबाट चुनाव लड्छु : किसान श्रेष्ठ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र २८ २०७९
  • 2.3K
    SHARES

दमौली । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा सहमति भए बारा-४ बाट चुनाव लड्ने बताएका छन् ।

सिमरामा मंगलबार पार्टी कार्यकर्ता तथा स्थानीय युवाहरुसँग कुरा गर्दै उनले आफू आवश्यक परे बारा-४ बाट पनि चुनाव लड्नसक्ने बताएका हुन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचन श्रेष्ठले तनहुँ-१ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका थिए । यसपटक पौडेलले तनहुँ–१ बाटै उम्मेदवार बन्ने बताएपछि नेता श्रेष्ठले आफू आवश्यकता अनुसार बारा-४ बाट चुनाव लड्न सक्ने बताएका हुन् ।

‘मेरो पार्टी एकीकृत समाजवादी र सत्ता गठबन्धनका नेताहरुले बारा-४ मा उम्मेदवार बन्न निर्देशन दिए म यहाँ पनि आउन तयार छु’ उनले भने । यसअघि जुन क्षेत्रमा जुन दलले जितेको छ सो क्षेत्रमा सोही राजनीतिक दलले उम्मेदवार पाउने समझदारी भएपनि गठबन्धनमा सहमति भए तनहुँ-१ छोड्न तयार रहेको बताएका हुन् ।

बारामा उद्योग-व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठलाई गठबन्धन दलका नेता-कार्यकर्ता र स्थानीय बासिन्दाले पनि बारा-४ मा आउन आग्रह गरेका छन् । २०७४ सालमा भएको निर्वाचनमा श्रेष्ठ तनहुँ– १ बाट ३४ हजार ४ सय ९२ मत ल्याई बिजयी भएका थिए भने कांग्रेसका वरिष्ठ नेता पौडेलले २७ हजार ६ सय ९० मत मात्रै ल्याएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४