Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापमा आफ्नै भतिजी बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका रामेछाप उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष कठायत जेल चलान


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र २२ २०७९
  • 3.6K
    SHARES

पुष्कर खड्का

रामेछाप । रामेछापमा आफ्नै भतिजी बुहारीलाई जबरजस्ती करणीको आरोपमा पक्राउ परेका रामेछाप उद्योग बाणिज्य महासंघका कोषाध्यक्ष पवन कठायत जेल चलान भएका छन् ।रामेछाप नगरपालिका–१ गोठगाउँ घर भई सदरमुकाम मन्थलीमा ब्यावसाय संचालन गर्दै आएका पवन कठायतले आफ्नै भतिजी बुहारी बिनुलाई मन्थली नगरपालिका– १ मच्छेडाँडी नजिकैको आफ्नै घरमा जबर्जस्ती करणी गर्न खोजेको भन्दै कठायतविरुद्ध बिनुले गत साउन १५ गते रामेछाप प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

कठायत विरुद्ध बुहारीले प्रहरीमा जबरजस्ती करणीमा जाहेरी दर्ता गराएको सुनेपछि पवन फरार भएका थिए । फरार भएको कठेतलाई सुराकीको आधारमा गत भदौ २ गते सदरमुकाम मन्थलीबाट पक्राउ गरेको थियो ।पक्राउ परेका कठेतलाई १९ दिन सम्मकाे अनुसन्धान तथा साेध्पुच्छपछि हिजो मंगलबार जिल्ला अदालत रामेछापकाे न्यायाधीश ईन्दिरा शर्माको इजलासले आरोपित कठायतलाई पुर्पक्षको लागी जेल चलान गरेको जिल्ला अदालत रामेछापका श्रेस्तेदार रामप्रसाद पौडेलले जानकारी दिनु भयो ।

उहाँको जानकारी अनुसार पिडित बिनु यादवको तर्फबाट सरकारी वकिल बिना खड्का र योगेन्द्र प्रसाद ढुङगेलले बहस गरेका थिए भने कठायतका तर्फबाट अधिवक्ता झंक कडेल, सौजन्य सत्याल र यादव दाहालले बहस गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४