Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साफ महिला फुटबल च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरू हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र २१ २०७९
  • 3.6K
    SHARES

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिप आज मंगलबारदेखि काठमाडौंमा हुँदैछ ।

प्रतियोगितामा नेपालसहित साविक विजेता भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी सात टिमले प्रतिस्पर्धा गर्दैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार नेपालले भुटानको सामना गर्नेछ । खेल नेपाली समयअनुसार साँझ ५:३० बजे हुनेछ ।

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ ।

सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल तुलनात्मक रुपमा सहज मानिएको समुह ‘बी’ रहेको छ । यो समुहमा नेपालसँगै श्रीलंका र भुटान छन् ।

यस्तै समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन् । पाकिस्तानले साफ महिला फुटबल च्याम्पियनसिपमा ८ वर्षपछि सहभागिता जनाउन लागेको हो ।

समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।

महिला साफको पाँच संस्करणमा नेपाल चार पटक उपविजेता बनेको छ । नेपालकै विराटनगरमा भएको पछिल्लो संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४