काठमाडौँ । रामेछापको प्रदेश सभा “क” र “ख” मा नेपाली कांग्रेसको तर्फबाट ६४ जनाले प्रदेश सभा सदस्यको लागी उमेरद्वारी दावी गरेका छन् । जिल्लाका पुराना र नयाँ पुस्ताका नेताहरु सहित ६४ जनाले उमेरद्वारी दावी गरेको बताइएको छ । रामेछाप जिल्लाको प्रदेश सभा “क” र “ख” मा बिहिबार समानुपातिक र प्रत्यक्ष तर्फ गरी ६४ जनाले उमेरदवारी दावी गर्दै आवेदन दिएको छ ।
प्रदेशले कार्यसमितिमा परेको नाममा आवश्यक छलफल गरी भाद्र १८ गते सम्म जिल्ला कार्यसमितिमा नाम शिफारीस गरिने प्रदेश सभा “ख” का सभापती राजेशकुमार श्रेष्ठले जानकारी दिए ।
प्रदेश सभा “क” बाट प्रत्यक्ष तर्फ १९ जना र समानुपातिक तर्फ १५ जनाले आफ्नो उमेरद्वारी दावी गरेको प्रदेश सभा “क”का सभापती निरोज खड्काले जानकारी दिए । खड्काले भने हामी प्राप्त नामवलीको बिषयमा कार्यसमितीमा छलफल गर्ने छौं । समितिले जस्ताको त्यस्तै नाम सिफारीस गर्ने वा संशोधन गर्ने छलफल बाट मात्र टुङ्गो लाग्ने सभापती खड्काले बताए । प्राप्त नामवलीको आधारमा छलफल गरी १८ गते सम्म जिल्ला कार्यसमितिमा प्रदेशले नाम सिफारीस गरिसक्नु पर्ने पाटीले जानकारी दिएको छ ।
त्यसैगरी प्रदेश सभा “ख” मा ३० जनाले आफ्नो उमेरदवारी दावी गरेको प्रदेश सभा “ख” का सभापती राजेश कुमार श्रेष्ठले जानकारी दिए । प्रदेश सभा “ख” मा प्रत्यक्ष तर्फ १६ र समानुपातिक तर्फ १४ जनाले उमेरद्वारी दावी गरेको सभापती श्रेष्ठले जानकारी दिए ।

