Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बैतडीमा ४५ यात्रु सवार बस दुर्घटनामा सबै यात्रुको उद्धार


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १७ २०७९
  • 4.4K
    SHARES

बैतडी । दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका-८ हरिचन मोडमा यात्रु बहाक बस दुर्घटना भएको जानकारी प्राप्त भएको  छ ।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको मेलौलीतर्फ आइरहेको पवनदुत यातायातको ना ७ ख २५७० नम्बरको बस आज (शुक्रबार) बिहान करिब ५ बजेतिर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यलय बैतडीले जनाएकाे छ ।

४५ जना यात्रु सवार बस सडकबाट करिब ५ मिटर तल खसेको हाे । दुर्घटनमा मानवीय क्षति भने नभएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताउनु भएको छ  ।

साे दुर्घटनामा सबै यात्रुको उद्धार गरिएको उहाँले हाम्रो प्रतिनिधिलाई बताउनु भएको हो  । बसका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएकाे उहाँले बताउनुभएकाे छ । बसको स्टेरिंग फेल भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४