Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राज्यमन्त्री श्रेष्ठले चितवन १ मा नाम दर्ता किन गराए ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १५ २०७९
  • 3.2K
    SHARES

  • ‘पार्टीले मलाई टिकट दिएन भने जसलाई दिन्छ, उसैलाई जिताउँछु’

चितवन । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ चितवन क्षेत्र नं. २ बाट उम्मेदवार बन्ने धेरैले चर्चा गरेका थिए । श्रेष्ठ स्वयम् पनि क्षेत्र नं. २ बाट उम्मेदवार हुने भन्दै पछिल्लो दिनमा क्षेत्र नं. २ लक्षित कार्यक्रममा आउन थालेका थिए ।

शक्तिखोर औद्योगिक क्षेत्रदेखि भरतपुर आँखा अस्पतालसम्मका कार्यक्रममा पुग्न भ्याएका श्रेष्ठको चितवन आउने क्रम पनि बाक्लो बन्दै गएको थियो ।

सत्ता गठबन्धनकातर्फबाट चितवन क्षेत्र नं. ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदबार बन्ने भएपछि श्रेष्ठले क्षेत्र नं. २ ताकेका थिए । तर, श्रेष्ठले मंगलबार अचानक आफ्नो घर भएको क्षेत्र नम्बर २ छाडेर क्षेत्र नं. १ मा प्रत्यक्षबाट उम्मेदवार बन्ने आकांक्षीको सूचीमा नाम दर्ता गराए ।

उनले क्षेत्र नं. २ बाट टिकट पाए भने पनि पार्टी भित्रकै एक समूहले असहयोग गर्यो भने जित्न मुस्किल हुनसक्ने ठानेर क्षेत्र नं. १ रोजेको चितवन कांग्रेसका नेताहरु बताउँछन् ।

  • क्षेत्र नम्बर २ मा पनि नाम दर्ता गराउँछु : श्रेष्ठ

तर श्रेष्ठले भने आफूले जहाँबाट लडे पनि चुनाव जित्ने दाबी गरे । त्यसैले आज क्षेत्र नम्बर २ मा पनि नाम दर्ता गराउने उनले बताए । श्रेष्ठले जन प्रहारलाई भने, ‘मैले १ नम्बरमा दर्ता गराएँ, मेरो घर भएको क्षेत्र नम्बर २ मा पनि आज नाम दर्ता गराउँछु, पार्टीले जहाँबाट टिकट दिन्छ, त्यहीँबाट चुनाव लडेर जित्छु ।

उनले अगाडि भने, ‘यदि पार्टीले मलाई टिकट दिएन भने पनि जसलाई दिन्छ, उसैलाई जिताउँछु।’

क्षेत्र नं. २ ले संघीय चुनावका लागि आकांक्षीहरुलाई नाम टिपाउन बुधबार बिहान ११ बजेदेखि ४ बजेसम्मको समय तोकेको क्षेत्रीय सभापति भरत अधिकारीले जानकारी दिए ।

चितवन क्षेत्र नं. २ बाट जिल्ला सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जितनारायण श्रेष्ठ र प्रकाश अधिकारीको नाम चर्चामा छ ।

यसअघि कांग्रेस क्षेत्र नं. १ को क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको गत भदौ ११ गते जिल्ला पार्टी कार्यालय नारायणगढमा बसेको अनौपचारिक बैठकले ‘बाहिरका मान्छेलाई उम्मेदवार स्वीकार नगर्ने’ बरु क्षेत्र नं. २ बाट अरु जो आए पनि स्वीकार्ने भन्ने निर्णय गरेको थियो ।

कांग्रेस जिल्ला समितिले एक निर्देशन जारी गर्दै एक ठाउँबाट उम्मेदवारमा आकांक्षा व्यक्त गरेर नाम दर्ता गराएको व्यक्तिले अर्को ठाउँमा पुगेर नाम दर्ता नगराउन भनेको छ । यसले क्षेत्र नम्बर १ मा नाम दर्ता गराइसकेका श्रेष्ठलाई अफ्ठ्यारोमा पार्ने कतिपय जिल्ला नेताहरु बताउँछन् ।

तर, राज्यमन्त्री श्रेष्ठ भने एउटा क्षेत्रमा नाम दर्ता गराएको व्यक्तिले अर्को क्षेत्रमा दर्ता गर्न पाइँदैन भनेर पार्टीको विधानमा नलेखेको बताउँछन् । ‘हामीले पार्टीको विधान मान्ने हो, कानुन मान्ने हो,’ उनले भने, ‘एक ठाउँमा नाम दर्ता गराएकोले अर्को ठाउँमा दर्ता गराउन पाइँदैन भनेर कहिंकतै लेखेको छैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४