Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भदौ १५ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १५ २०७९
  • 3.3K
    SHARES

पञ्चाङ्ग
वि.सं. भदौ १५, २०७९ । ई.सं. ३१ अगस्ट २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ गुँलागा । नल दक्षिणायन वर्षा । बुधबार भाद्र शुक्लपक्ष । तिथि- चतुर्थी, १३:५६ बजे उप्रान्त पञ्चमी । नक्षत्र- चित्रा, २३:५० बजे उप्रान्त स्वाती । योग- शुक्ल, २३:३१ बजे उप्रान्त ब्रह्म । करण- भद्रा १३:५६ बजेदेखि वव, २५:२८ बजे उप्रान्त तैतिल । चन्द्रराशि कन्या । आनन्दादि योग काल । दिनमान ३१।४५ । सूर्योदय ५:४२ । सूर्यास्त १८:२४ । श्रीगणेशचतुर्थीव्रत, राष्ट्रिय धर्मसभा स्थापना दिवस ।

राशिफल

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा राम्रै फाइदा हुनेछ। रमाइलाे यात्रा हुनुका साथै स्वादिष्ट खानपानकाे समेत आनन्द प्राप्त हुनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि मिहिनेतले विभिन्न अवसर दिलाउनेछ। बुद्धिकाे उपयाेगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिउँसाेदेखि नयाँ काम प्रारम्भ गर्न सकिनेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थद्वारा शत्रुको मनोबल कमजोर बन्नेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
बिहान घरेलु काममा अलमलिनुपरे पनि दिन उपलब्धिमूलक रहनेछ। अध्ययनको नतिजा राम्रो आउनेछ। काममा शुभचिन्तकहरूको साथ–सहयाेग जुट्नेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नयाँ काम र व्यापारमा बिहानकाे समय अनुकूल रहनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। छोटो समयमै राम्राे प्रतिफल प्राप्त हुनेछ। दिउँसाेदेखि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ। हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ काम गर्न केही समय लाग्नेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। दिउँसाेदेखि स्थितिमा सुधार आउनाले उत्साह जाग्नेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम पनि सम्पादन हुनेछन्। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। प्रयत्न गर्दा नाम, दाम र इनाम प्राप्त हुने समय छ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बिहान केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्दा मानसम्मानमा आघात पुग्न सक्छ। तापनि दिउँसाेदेखि स्थितिमा सुधार आउनेछ। बौद्धिक क्षमतामा निखारता आउनेछ। बुद्धिको उपयोगले ठूलाे काम सम्पादन हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
केही खर्चिला काम गर्नुपरे पनि लक्ष्यमा पुग्न सफल भइनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो हुनेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ। परम्परालाई समयसापेक्ष सुधार गर्न सफलता मिल्नेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने समय रहेकाले चनाखो रहनुहोला। भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। दिगो योजनाका लागि ऋण लिनुपर्ने आवश्यकता पर्न सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अरूकाे करकापमा काम गर्दा हानि हुन सक्छ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ। मिहिनेत गर्दा काममा अनुमानभन्दा बढी फाइदा उठाउन सकिनेछ। लाभांशबाट अरूको समेत सेवा गर्न सकिनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
अरूको मुख ताक्ने बानीले आफ्नाे काम अधुरो रहनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने मनमा निराशा छाउनेछ। दिउँसाेदेखि स्थिति अनुकूल बन्नाले नयाँ जिम्मेवारी प्राप्त हुनेछ। तर शुभचिन्तकहरूले साथ दिए पनि परिस्थितिले अलमल्याउन सक्छ। रोकिएका काम भने सम्पादन हुनेछन्।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आतिथ्य खर्चिलाे भए पनि रमाइलाे भेटघाट हुनेछ। सानो प्रयत्नले काम बन्नेछ। लगनशीलताले फाइदा दिलाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। दिउँसाेदेखि जिम्मेवारीले व्यस्त बनाउनेछ र शरीरमा कमजोरी अनुभूति हुनेछ। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। नियमित काम समेत दोहोर्याउनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४