Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालेनको कारबाही लहर अरु सहरतिर पनि फैलिँदै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १४ २०७९
  • 5.4K
    SHARES

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले सुरु गरेको अनधिकृत संरचना हटाउने अभियानको देशव्यापी प्रभाव पर्न थालेको छ ।

काठमाडौंका सार्वजनिक क्षेत्रमा अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचना तथा महानगरद्वारा तोकिएको मापदण्डविपरीतका निजी निर्माणहरूमा एक्स्काभेटर कारबाही थालेसँगै यसको देशव्यापी सकारात्मक असर देखिन थालेको हो ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सार्वजनिक सूचना नै निकालेर ३५ दिनभित्र अरनिको राजमार्ग र त्यस वरपरका अनधिकृत संरचनाहरु हटाउन भनेको छ ।

मध्यपुर थिमि नगरपालिकाले जारी गरेको सूचनामा नगर क्षेत्रमा पर्ने अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरु, भित्री सडकहरुमा मापदण्ड विपरीत निर्माण भएका र अतिक्रमण भएका संरचना ३५ दिनभित्र नहटाए कानुनी कारबाही थाल्ने उल्लेख छ ।

पोखरा महानगरपालिकाले पनि दोस्रोपल्ट सूचना निकालेर अनधिकृत संरचना हटाउन सूचना निकालेको छ । पोखराले यसअघि पनि अनधिकृत संरचना हटाउन भने पनि सम्बन्धितले अटेर गर्दै आएका थिए ।

काठमाडौं महानगरमा बालेनले सपिङ मललगायतले नक्सा विपरीत बनाएका अनधिकृत संरचना हटाउन सुरु गरेपछि पोखराले दोस्रो पटक सूचना जारी गरेको हो ।

सडक छेउमा अनधिकृत निर्मित संरचना हटाउन धनगढी उपमहानगरपालिका कार्यालयले निर्देशन दिइसकेको छ । यसअघि हेटौंडा उपमहानगरपालिका कार्यालयले पनि अनधिकृत निर्माण गरेका संरचना खाली गर्न सूचना निकालिसकेको छ ।

कतिपय नेताहरुले बालेनले निजी सम्पत्तिमा जबर्जस्ती गरेको भन्दै आपत्ति र चुनौती दिन थालेका भए पनि आम रुपमा यसले प्रभावकारी असर पारेको देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४