Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी केन्द्रले छान्याे चुनावी कमाण्डर, प्रचण्डकाे क्षेत्रमा रेनु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १२ २०७९
  • 3.2K
    SHARES

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्रको चुनावी कमाण्ड पुत्री रेनु दाहालले सम्हाल्ने भएकी छन् । माओवादी केन्द्र, बागमती प्रदेशको आइतबार बसेकाे केन्द्रीय सदस्यसहितको पदाधिकारी बैठकले विभिन्न निर्वाचन क्षेत्रहरूमा कमाण्ड गर्ने नेताहरूका नामावली टुङ्ग्याएकाे हाे । यसक्रममा प्रचण्डकाे निर्वाचन क्षेत्र चितवन ३ काे चुनावी कमाण्ड भरतपुर महानगर प्रमुखसमेत रहेकी रेनुलाई दिइएकाे हाे ।

यसैगरी बैठकले चितवन क्षेत्र नं. १ को चुनावी कमान्डरमा कञ्चन खनाललाई दिएको छ । क्षेत्र नं. २ मा घनश्याम दाहाल कमाण्डर तोकिएका छन् ।

बागमतीमा पर्ने सबै जिल्लाको चुनावी कमाण्डर पनि चुनेकाे छ । जसमा काठमाडाैँकाे १ मा अनिल शर्मा, २ मा कुमार पौडेल, ३ मा बद्री बजगाईं, ४ मा गोविन्द बटाला, ५ मा कल्पना शर्मा, ६ मा हिमाल शर्मा, ७ मा रामबाबु फुँयाल,८ मा सरिता श्रेष्ठ, ९ मा शंकर दुलाल र १० मा अञ्जना विसङ्खेलाई जिम्म्वारी दिइएकाे छ ।

काठमाडाैँ महानगरभित्रको सबै चुनावी कमाण्ड मुक्ति प्रधानले गर्नेछन् । यस्तै भक्तपुर जिल्लाको क्षेत्र नं. १ मा देवेन्द्र श्रेष्ठ र डीपी ढकाल तथा २ को कमान्डरमा दिलीप प्रजापति चयन भएका छन् । ललितपुरमा क्षेत्र नं. १ मा गंगा पराजुली, २ मा उर्मिला लामा र क्षेत्र नं. ३ मा हरि दाहाल र पद्‌मा राईलाई कमाण्डर बनाउने निर्णय गरेको छ ।

उता काभ्रे जिल्लामा सूर्यमान दोङ र रुकु चौलागाई, सिन्धुपाल्चोकमा माधव सापकोटा र शरद दुलाललाई चुनावी कमाण्डर बनाएको छ । दोलखामा देवी खड्का कमाण्डर चयन हुँदा रामेछापमा श्यामकुमार श्रेष्ठ बनेका छन् भने सिन्धुलीमा दीर्घराज श्रेष्ठ र वसन्त माझी चुनिएका छन् ।

मकवानपुरको क्षेत्र नं. १ मा विजय गौतम र क्षेत्र नं. २ मा कुमारी मोक्तान कमाण्डर चुन्ने निर्णय भएको छ । नुवाकोटमा हितबहादुर तामाङ क्षेत्र नं. १ र विमला सुवेदी क्षेत्र नं. २ का लागि चुनावी कमाण्डर बनाइएका छन् । यस्तै धादिङमा शालिकराम जम्कट्टेले एक्लै चुनावी कमाण्डर बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४