Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बैंकको जागिर छाडेर किसान, १०० जनालाई रोजगारी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ११ २०७९
  • 3.8K
    SHARES

काठमाडौँ । विराटनगरका विष्णुप्रसाद आचार्यले बैंकिङ क्षेत्रमा १६ वर्ष बिताए । यो अवधिमा अवधिमा मासिक साढे दुई लाख हाराहारी आम्दानी गर्ने उनलाई बैंकिङ क्षेत्रले मान सम्मान दिए पनि सन्तुष्ट भएनन् । आत्मसन्तोषका लागि उनी विकल्प खोज्दै थिए, विकल्प खोज्दा बैंकर साथी दीपक थापा र मोहन तिम्सिना पनि जोडिए ।

एनआईसी एसिया बैंकको प्रदेश १ प्रमुख थापा, उपप्रमुख आचार्य र तिम्सिनाले एकैसाथ जागिर छाडेर माछाको व्यावसायमा लागे । उनीहरुसँग सुनसरीका राम पौडेल र इन्द्र अधिकारी पनि जोडिए । पौडेल र अधिकारी विगतदेखि नै कृषि क्षेत्रमा थिए । दुई वर्षयता माछापालन गरिरहेका उनीहरु नेपालकै ठूलो माछा उद्यमी हुन् ।

आचार्य, थापा र तिम्सिनासहित पाँच जनाको टोलीले ४० करोड लगानी गरेर १५० विघा क्षेत्रमा माछा पालन गरिरहेका छन् । व्यवसाय विस्तारका लागि जग्गा खोजिरहेका छन् ।

माछामा दुई वर्ष अध्ययन गरेका उनीहरुले माछाको ‘इको सिस्टम’ नै तयार गरेका छन् । उनीहरुले भुरा उत्पादन, दाना उत्पादन, माछा पालन र बिक्रीको नियमित तालिका नै बनाएका छन् ।

भुरादेखि दाना उत्पादनसम्म आफैं गर्छन् । पोखरीका माछा निकालेर बिक्रीका लागि पनि आफ्नै पसल बनाएका छन् । आचार्यका अनुसार विराट माछा फर्मले माछा उत्पादन गर्छ, ती माछालाई आहारा उत्पादनका लागि विराट फिड उद्योग छ । उत्पादित माछाको बजारीकरण विराट एकीकृत कृषि फर्म मार्फत हुन्छ । तीन वटै उद्योगमा पाँच जनाकै स्वामित्व छ ।

माछापालनदेखि बिक्री केन्द्रसम्म एक सय जनाले रोजगारी पाएका छन् । ‘हिजो एउटा जागिरे थियौं, आज सय जना भन्दा बढीलाई रोजगारी दिइरहेका छौं’, आचार्य भन्छन्,‘ सम्झना आनन्द आउँछ, अहिले माछा किसान थप्नका लागि तालिम दिइरहेका छौं ।’ उनका अनुसार पोखरीका माछालाई दैनिक तीन हजार किलो दाना आवश्यक पर्छ । उनी भन्छन्, ‘माछा बढदैछन्, पछि दैनिक पाँच टन दाना चाहिन्छ ।’

उनीहरुले उद्योगबाट उत्पादित २५ प्रतिशत दाना किसानलाई पनि बिक्री गर्छन् भने बाँकी आफैं खपत गर्छन् ।

मोरङको कटहरी गाउँपालिका– ७ मा २५ विघा जमिनमा पोखरी बनाएका उनीहरुले झोराहाट, सुनसरीको बर्जु गाउँपालिका–६ को बर्जुतालको पोखरी, इनरुवा, बलाहा, इटहरीमा गरी एकसय ५० विघा क्षेत्रमा माछा पालिरहेका छन् ।

बर्जुको एउटा पोखरीमा मात्रै २५ लाख माछा हुर्काइरहेका छन् । कटहरीको पोखरी उनीहरुले स्थापना गरेको उद्योगको हो । अन्य क्षेत्रमा भने भाडामा पोखरी लिएर माछा पालन गरिरहेका छन् । पोखरीबाट उत्पादन भएका माछा बिक्रीका लागि विराटनगर, इनरुवा, दुहबी, इटहरी र धरानमा १६ वटा बिक्री कक्ष खोलेका छन्,जहाँ जिउदो माछा मात्रै बिक्री हुन्छ ।

उनीहरुले दैनिक साढे तीन लाख रुपैयाँ हाराहारीको माछा बिक्री गरिरहेका छन् । माछा बिक्री कक्ष पनि आफ्नै हुँदा विचौलियाको भर पर्नुपर्ने बाध्यता छैन । माछामा बिचौलियाले बढी फाइदा लिएको पाइएपछि आफ्नै बिक्री केन्द्र खोलिएको आचार्यले बताए ।

‘अहिले बजारमा फर्मालिन हालेका माछा भारतबाट ल्याएर बेचिन्छ’, आचार्य भन्छन्,‘यो दुई वर्षमा स्वदेशी र जिउँदो माछा खाने बानी बसाल्न प्रयासरत छौं ।’

सरकारले भारतबाट चोरीको बाटो हुँदै आउने माछा नियन्त्रण गर्न नसक्दा नेपाली माछाले भाउ नपाएको आचार्य बताउँछन् । ‘चोर बाटो आउने माछा नियन्त्रण गरिदिए माछा उद्योग फस्टाउँछन्, उपभोक्ताले फर्मालिन हालेको माछा खान पर्दैन’ उनी भन्छन् ।

४० करोड लगानीमा सुरु गरेको यो माछा उद्योगले पहिलो वर्षनै लगानी उठाएको सञ्चालकहरुले दावी गरेका छन् । माछापालनसँगै कृषि पर्यटनमा काम गर्ने उनीहरुको योजना छ । उनीहरुले थलाहामा पोखरी बनाउन माछा जोन कार्यक्रमको अनुदान पनि लिएका छन् ।

बैंकिङ क्षेत्रमा काम गर्दा नै उनीहरुले कृषि क्षेत्रको अध्ययन गरेका थिए । गाईपालन, कुखुरा पालन र माछा पालन व्यवसायको अध्ययन गर्दा जोखिम कम भएको क्षेत्र माछालाई रोजेको उनीहरु बताउँछन् ।

‘कृषिको सबै क्षेत्र अध्ययन गरेपछि हामी माछा पालन गर्ने निष्कर्षमा पुग्यौं,’ आचार्य भन्छन्, ‘अरु क्षेत्रको तुलनामा माछामा जोखिम अलिक कम छ, तर मिहिनेत गरेर पाल्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४