Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

करिश्माको घरमै पुगेर निहारिकाले फिर्ता दिइन् पैसा र चश्मा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १० २०७९
  • 7.1K
    SHARES

काठमाडौं । निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरले दिएको २१ हजार रुपैयाँ र छोरालाई किनिदिएको चश्मा फिर्ता गरेकी छन् । पैसा फिर्ता गर्न उनी करिश्माको गोदावरीस्थित घरमै दुई वर्षको छोरा च्यापेर पुगेकी थिइन् ।

गत असारमा निहारिका अनसनमा बसेको बेला करिश्माले उनलाई आर्थिक सहयोग गरेकी थिइन् । गत साता निहारिकाका निजी तस्वीर सेयर गरेपछि करिश्मा र निहारिकाबीच मनमुटाव सुरु भएको थियो ।

निजी तस्वीर सेयर गर्दै करिश्माले आफूले उनलाई गरेको सहयोगप्रति पश्चाताप व्यक्त गर्दै आफू मान्छे भएको, तर एटीएम कार्ड नभएको प्रतिक्रिया दिएकी थिइन् ।

निहारिका पैसा फिर्ता गर्न गोदावरी पुग्ने समयमा करिश्मा सारीमा सजिएर तीज कार्यक्रमका लागि पार्टी प्यालेसमा गएकी थिइन् । त्यहीं पुगेर पैसा फिर्ता गर्ने क्रममा विवाद र भनाभन समेत भएको थियो ।

त्यस क्रममा पैसा भुईंमा खसेपछि करिश्माले टिपेको देखिएको छ । सुरुमा पैसा लिन आनकानी गरेकी करिश्माले पैसा फिर्ता पाएपछि आफूले धेरै मेहनतले कमाएको पैसा भएको र गलत ठाउँमा प्रयोग नभएको भन्दै सन्तोष व्यक्त गरेकी थिइन् । आफ्ना निजी तस्वीर सेयर गरेको भन्दै निहारिकाले करिश्माविरुद्ध उजुरी दिने समेत तयारी गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४