Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केन्यासँगको पहिलो टी-२० मा नेपाल ५ विकेटले विजयी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ९ २०७९
  • 6.3K
    SHARES

काठमाडौं । केन्या विरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल ५ विकेटले विजयी भएको छ ।

नैरोबीस्थित जिमखना क्रिकेट मैदानमा बिहीबार भएको खेलमा केन्याले दिएको १३१ रनको लक्ष्य नेपालले १९.२ ओभर खेल्दै ५ विकेट गुमाएर १३३ रन बनाउँदै पूरा गरेको हो ।

यस जितसँगै नेपालले पाँच खेलको शृंखलामा १-० को अग्रता लिएको छ । भिसा समस्याका कारण नेपाली टोली चार चरणमा गरेर केन्या गएका थिए । दोस्रो चरणमा गएका सोमपाल कामी र विवेक यादव तथा तेस्रो चरणमा गएका आदिल आलमले केन्या विरुद्ध पहिलो खेल खेल्न भ्याए ।

१३१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात राम्रो हुन सकेन । नियमित ओपनर कुशल भुर्तेललाई ड्रप गरेपछि नेपालले आसिफ शेखसँगै पवन सर्राफलाई ओपनिङ गराएको थियो । दुई वर्ष भन्दा बढी समयपछि टी२० अन्तर्राष्ट्रिय खेल्दै ओपनिङ गरेका पवन व्यक्तिगत १ रनमै आउट भए ।

यस्तै ६ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले तेस्रो नम्बरमा ब्याटिङ गरे । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३१ रन बनाउँदा आसिफ शेख र ज्ञानेन्द्र मल्लले १९-१९ रन जोडे ।

उपकप्तान रोहित पौडेलले १५ रन बनाए । आरिफ शेखले अविजित २१ रन बनाए । आदिल आलम २ रन अविजित रहे । केन्याका लुकास ओलुच र भिराज पटेलले २-२ विकेट लिए ।

नैरोबीस्थित जिमखान क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली केन्याले ८ विकेट गुमाएर १३० रन बनाएको थियो । केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रन बनाए ।

लुकास नान्डासन ३० रनमा अविजित रहे । बलिङमा नेपालका लागि सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । आदिल आलम र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४