Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज पनि सत्तागठबन्धनको बैठक निष्कर्षविहिन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ९ २०७९
  • 5.6K
    SHARES

काठमाडौं । आगामी निर्वाचनमा सिट बाँडफाँट गर्ने बारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेतासहित सिट बाँडफाँट गर्न बनेको कार्यदलका सदस्यहरूसहितको बैठकमा सामान्य छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको नेताहरूले बताएका छन् ।

आजै दिउँसो साढे तीन बजे पुनः कार्यदलको अर्को बैठक बस्ने गरी बैठक सकिएको नेताहरुले बताएका छन् । दिउँसो बस्ने बैठकमा भने कार्यदलका नेताहरूले सिट संख्यासहित प्रस्तुत हुने समझदारी छ ।

१६५ निर्वाचन क्षेत्रकै अवस्थाको अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएको छ । बैठकले देशभरका निर्वाचन क्षेत्रको अवस्थाबारे अध्ययन गरी विस्तृत प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएको हो ।

गठबन्धनको बैठकमा नागरिकता विधेयक, शान्ति प्रक्रियालगायत विषयमा समेत छलफल भएको छ । दलहरूबीच पटक–पटक छलफल भए पनि सिट बाँडफाँटको विषयमा भने दलहरूबीच अहिलेसम्म समझदारी बन्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४