Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशसभाको पहिलो कार्यकाल सकियो, के के भए ५ वर्षमा ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ८ २०७९
  • 7.6K
    SHARES

पोखरा । गण्डकी प्रदेशसभाको पहिलो कार्यकाल सकिएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चालू बर्षे अधिवेसन अन्त्यको आह्वान गरेसँगै संसदको पहिलो कार्यकाल सकिएको हो । अव निर्वाचनपछिका सांसद आएर संसद सुचारु हुने छ । मंगलबारको मन्त्रिपरिषद बैठकले अधिवेसन अन्त्यका लागि प्रदेश प्रमुखलाई आग्रह गरेको थियो ।

केही मन्त्रीहरुले संसद अन्तिम पटक सन्चालन गर्ने र शुभकामना तथा समिक्षा सहित समापन गर्न सुझाव दिएका थिए । तर संसदमा विचाराधीन विधेयक रहुन्जेल एमालेले सदनमा भाग नलिने बताएपछि अन्त्य गरिएको हो ।

२०७४ मंसिर १० गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रदेशसभाका सांसदहरुले अब यही संसदमा सहभागी हुन पाउने छैनन् । गण्डकीमा प्रत्यक्षतर्फ ३६ र समानुपातिक २४ गरी ६० सदस्यीय प्रदेशसभा थियो । एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३, नयाँशक्तिका २ र एक स्वतन्त्र सांसद निर्वाचित भएका थिए । पूरा सांसदमध्ये ४० जना पुरुष र २० जना महिला थिए ।

  • ५ वर्षमा ४ प्रदेश प्रमुख

संघीयता सहितको निर्वाचनपछिको ५ वर्षको अवधीमा गण्डकीले ४ जना प्रदेश प्रमुख पायो । राजनीतिक खिचातानीमा परे प्रदेश प्रमुखहरु । सत्तामा रहेको बेला कांग्रेस र माओवादीले ७ प्रदेश भाग लगाएर प्रदेश प्रमुख नियुक्त गर्दा गण्डकी कांग्रेसको भागमा प¥यो । यहाँ बाबूराम कुवँरलाई पहिलो प्रदेश प्रमुख बनाएर पठाइयो । चुनावपछि गठबन्धन फरक बन्यो । कुवँरलाई हटाएर माओवादीका अमिक शेरचन प्रदेश प्रमुख बने । प्रतिनिधिसभा विघटनको विरोध सहित नेकपा फुट्यो । माओवादीले एमालेको साथ छोड्ने वित्तिकै सरकारले प्रदेश प्रमुखमाथी प्रहार ग¥यो । एमाले नेतृ सीताकुमारी पौडेल गण्डकीको प्रदेश प्रमुख बनिन् । ३ वर्ष नपुग्दै सत्ता फेरियो । नेकपा टुटफुट भयो । नयाँ सरकार आएपछि पौडेललाई हटाएर पुनः कांग्रेसका पृथ्वीमान गुरुङ प्रदेश प्रमुख बनेका छन् ।

  • माघ ७ गते पहिलो सपथ

२०७४ माघ ७ गते पहिलो पटक गण्डकीका निर्वाचित सांसदहरुले सपथ लिएका थिए । जेष्ठ सांसद जनकलाल श्रेष्ठलाई प्रदेश प्रमुख बाबूराम कुवँरले सपथ गराएपछि श्रेष्ठले बाँकी ५८ सांसदलाई सपथ गराएका थिए । मनाङबाट निर्वाचित सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे कर्तब्य ज्यान मुद्धाका कारण प्रहरीबाट छलिन उक्त सपथमा सहभागी भएनन् । माघ २२ गते पहिलो संसद बैठक बस्यो । पहिलो दिन प्रदेशसभाको कार्यसन्चालन कार्यविधि पारित भयो । फागुन ३ गते सभामुखको निर्वाचन भएको थियो । माओवादी सांसद नेत्रनाथ अधिकारी सर्वसम्मत रुपमा सभामुख निर्वाचित भएका थिए । फागुन ६ गते उपसभामुखमा एमाले सांसद सिर्जना शर्मा निर्वाचित भइन् । त्यसपछि प्रदेशसभा नियमित रुपमा अघि बढ्यो । प्रदेश सभामा ४ वटा संसदीय समिति छन् । विधायन समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा विकास समिति र प्रदेश मामिला समिति गठन गरिएको छ ।

  • फागुन ४ गते पहिलो सरकार गठन

माघ २८ गते नेकपा एमालेको संसदीय दलको नेता बनेका पृथ्वीसुब्बा गुरुङलाई प्रदेश प्रमुख कुवँरले फागुन ४ गते मुख्यमन्त्रीको रुपमा सपथ गराएका थिए । गुरुङले सोही दिन गोरखाका रामशरण बस्नेतलाई उद्योग तथा पर्यटन मन्त्री बनाएका हुन् । उनै सरकारको प्रबक्ता बनेका थिए । २ सदस्यीय मन्त्रीपरिषद्ले महत्वपूर्ण ५ निर्णय गरेको थियो । अधिकांश निर्णय अहिलेसम्म कार्यान्वयन पूरा भएको छैन । राजनीतिक घटनाक्रमले २०७८ जेठ २९ गते गुरुङ सरकार ढलेर कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भयो । संयोग, गुरुङलाई नेतृत्वमा पु¥याउँदा पनि सारथीको रुपमा माओवादी थियो भने उनलाई ढाल्न पनि माओवादी नै अग्रसर बन्यो । माओवादी, जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङ पाँचै वर्ष सत्तामा रहेका छन् ।

  • नाम राख्ने दोश्रो प्रदेश

तत्कालीन प्रदेश नम्बर ४, असार २२ २०७५ मा गण्डकीका रुपमा नामाकरण भयो । नयाँ शक्ति पार्टीका २ सांसद विपक्षमा रहेको उक्त प्रश्ताव सभामुख बाहेक ५७ सांसदको हस्ताक्षरबाट निर्णय भएको हो । त्यसअघि असार १८ गते प्रदेश राजधानी पोखरालाई सर्बसम्मत रुपमा निर्णय भयो । प्रदेशको नाम र राजधानी सिफारिस गर्नका लागि कांग्रेस सांसद विन्दुकुमार थापाको संयोजकत्वमा उच्चस्तरीय समिति बनेको थियो । उक्त समितिकै सिफारिसका आधारमा नामांकन र राजधानी टुंगो लागेको हो ।

  • ६१ विधेयक दर्ता, ५६ पारित

गण्डकी प्रदेशसभाले हालसम्म ५९ वटा विधेयक पारित गरेको छ । सरकारका नियमित सहित ६२ वटा विधेयक सदनमा टेवुल भएको थियो । पारित भएका सबै विधेयक प्रमाणीकरण भैसकेको छ । ३ वटा विधेयक विचाराधीन छन् । आमसन्चार विधेयक, गण्डकी प्रदेश कानून संशोधन विधेयक र कृषि ब्यवसाय प्रबद्र्धन ऐन संशोधन विधेयक विधायन समितिमा छ । कृषि विधेयकमा छलफल बाँकी छ भने २ वटा विधेयकमा छलफल सकिएको छन ।

  • ३ सांसदको पद रिक्त

५ वर्षको अवधीमा ३ सांसदले प्रदेशसभाको सांसद पद गुमाएका छन् । जनमोर्चाका टेकबहादुर घर्तीको निधन भयो भने जनमोर्चाकै कृष्ण थापालाई पार्टी अनुशासन विपरित काम गरेको आरोपमा कारबाही ग¥यो । एमालेका सांसद कृष्णबहादुर थापाले भने पोखरा महानगरको मेयर चुनाव लड्न सांसदबाट राजीनामा दिएका हुन् । टेकबहादुरको ठाउँमा जनमोर्चाकै खीमबिक्रम शाही निर्वाचित भएर प्रदेश सांसद बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४