Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सत्तारुढ पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा सकस


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ६ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटको विषय जटिल बनेको छ ।

गठबन्धनले सिट बाँडफाँटको खाका तयार पार्न कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । खाका तयार पार्न तीन वटा औपचारिक बैठक बसेपनि कार्यदलमा सहमति जुटेन । सिट बाँडफाँट गर्ने काम कार्यदलस्तरमा सम्भव नहुने देखेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ ।

कार्यदलमा सिट बाँडफाँटका लागि आधार बनाउने विषयमा विवाद बढेको थियो । गठबन्धनको दोस्रो ठूलो दल माओवादीले ०७४ मा जितेका प्रत्यक्ष सिट कायम राखेर ८१ सिटमा मात्रै बाँडफाँट गर्नुपर्ने प्रस्ताव अघि सारेको थियो ।

एक वर्षअघि गठन भएको एकीकृत समाजवादी पार्टीको हकमा भने विशिष्ट मापदण्ड बनाउनुपर्ने प्रस्ताव माओवादीले राखेको थियो । माओवादी प्रस्तावमा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सकारात्मक भएपनि गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेस सहमत हुन सकेन ।

न्युनतम् आधार बनाउने विषयमै विवाद भएपछि प्रतिनिधिसभाका १६५ सीट र सातै प्रदेशका ३३० निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लगाउन गठित सिटौला नेतृत्वको कार्यदल खाका बनाउन असफल भएपछि शीर्ष नेतृत्वलाई नै जिम्मेवारी सुम्पिन बाध्य भयो । कांग्रेसले प्रतिनिधिसभाका प्रत्यक्ष तर्फ १६५ सिटमध्ये ९० सीटलाई बटम लाइन बनाएको छ । गठबन्धनमा बाँडफाँट गर्दा ९० भन्दा तल सम्झौता नगर्न सभापति शेरबहादुर देउवामाथि पार्टीभित्रबाटै चर्को दवाव छ ।

गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले ६० सिटको लागि अडान कायमै राखेको छ । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले कम्तिमा २५–२५ सीट पाउनुपर्ने अडान छोडेका छैनन् । स्थानीय चुनावको परिणाम र एमालेको विद्रोही शक्ति भएकाले एमालेलाई हराउन आफूहरुले सम्मानजनक सीट पाउनुपर्ने नेकपा समाजवादीको तर्क छ ।

राष्ट्रिय जनमोर्चाले १ सिट दावी गरेको छ । पाँच दलीय गठबन्धनमा जोडिन खोजिरहेका डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले ४ र वामदेव गौतम नेतृत्वको नेकपा एकीककरण राष्ट्रिय अभियान पार्टीले १ सिट दावी गरिरहेको छ । दलहरु आ–आफ्नो अडानबाट पछि नहट्दा सिट बाँडफाँट थप जटिल बन्दै गएको छ ।

गठबन्धनमा आबद्ध वाम दलहरुको असहमति बाबजुद प्रधानमन्त्री देउवा लोकतान्त्रिक समाजवादी पार्टीलाई गठबन्धनमा सहभागी गराउन प्रयास गरिरहनुभएको छ । यसका लागि कांग्रेसभित्र ठूलो दवाव छ । अर्कातिर गठबन्धनका वामदलहरुले उपगठबन्धनको तयारी संगसंगै गरिरहेका छन् ।

गठबन्धनभित्रै उपगठबन्धन बनाउन सके सिट बाँडफाँटमा कांग्रेसमाथि दवाव बढाउन सकिने वाम दलहरुको बुझाई छ । प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भदौ १५ गतेभित्र सिट बाँडफाँटको टुंग्याउने समझदारी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४