काठमाडौं । नेपाली कांग्रेस रामेछापले पार्टी नेता तथा महाधिबेसन प्रतिनिधी ध्रुवहरी ढुङ्गेलको संयोजकत्वमा जिल्ला प्रशिक्षक समिति गठन गरेको छ । शुक्रबार बसेको पार्टी जिल्ला संगठन विभागको बैठकले नेता ढुङ्गेलको संयोजकत्वमा जिल्ला प्रशिक्षक समिति गठन गरी भदौं १७ र १८ गते कार्यकर्तालाई अभिमुखीकरण कार्यक्रम राख्ने निर्णय गरेको छ ।
पार्टीका सवै तहका पदाधिकारीहरुलाई राखेर २ दिने अभिमुखीकरण गर्ने भएको छ । ढुङ्गेलको संयोजकत्वमा केशवप्रसाद चालिसे, डा. भरत कुमार श्रेष्ठ, डा. सुमन कर्माचार्य, गुञ्जवहादुर श्रेष्ठ र शिव श्रेष्ठ रहनु भएको जिल्ला कार्य समितिका कार्यालय सचिव कृष्णवहादुर वस्नेतले जनाएका छन् ।
अभिमुखीकरण कार्यक्रममा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र मिन विश्वकर्मालाई आमन्त्रण गरिएको छ । संगठन विभागका अनुसार भदौ १७ गतेको कार्यक्रममा जिल्लामा पार्टीको तर्फबाट विजयी जनप्रतिनिधिहरुलाई सम्मान र अभिमुखीकरण गर्ने कार्यक्रममा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल सहभागि हुनेछन् भने भदौ १८ गते वडा तह देखि जिल्लाका तहका पदाधिकारी, आमन्त्रित सदस्य, प्रदेश सदस्य , महाधिवेशन प्रतिनिधि लगाएत सहभागि गराएर केन्द्रीय सदस्य मिन विश्वकर्माले अभिमुखीकरण गर्नेछन् ।
कार्यक्रममा मुख्यतया कांग्रेस र यसले प्रजातन्त्र प्राप्तिको लडाईमा खेलेको भूमिका, प्राप्त उपलव्धिको रक्षा, वर्तमान सन्दर्भमा कांग्रेस कार्यकर्ताले खेल्नुपर्ने भूमिका र जिम्मेवारी, आसन्न निर्वाचन लक्षित कार्यक्रमहरुमा कार्यकर्ताको परिचालन लगाएतका विषयमा केन्द्रीत हुनेछ ।