Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोरखा दरबारमा ‘पृथ्वीनारायण शाह’सँग सेल्फी !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र २ २०७९
  • 2.4K
    SHARES

 काठमाडौं । पर्यटकलाई आकर्षित गर्नका लागि गोरखाको संग्राहलयमा पृथ्वी नारायण शाहसँग सेल्फी खिच्न पाइने भएको छ ।

संग्राहलयले शाहको नक्कल मिल्ने गरी एक व्यक्तिलाई सजाएर सधैँ उभ्याउन लागेको हो । ‘प्रतिविम्बमा पृथ्वीनारायण शाह’को सुरुआत बुधबारदेखि भैसकेको छ । अब पर्यटकहरूले संग्राहलयको मूल गेटमा पृथ्वी नारायण शाह कालीन पोसाक लगाएर उभिएको मान्छे भेट्नेछन् । उनीसँग कुरा गर्दै सेल्फी खिच्न पाउने भएका छन् ।

गोरखा नगरपालिकाका मेयर कृष्ण राना, उपमेयर सपना पुन, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, विकास समितिका अध्यक्ष सुरेशमान श्रेष्ठ लगायतले पृथ्वीनारायण शाहको प्रतिविम्बबारे चर्चा गरे । पृथ्वी नारायण शाहसँग फोटो खिच्नका लागि स्थानीयले २० रुपैयाँ तिर्नुपर्छ भने अरू पर्यटकलाई ५० रुपैयाँ शुल्क तिर्नुपर्छ ।

समूहमा तस्बिर खिच्नेले १ सय रुपैयाँ र पृथ्वीनारायण शाहको पोसाकमा तस्बिर खिचाउनेले ३ सय रुपैयाँ शुल्क लाग्ने बताइएको छ । पृथ्वीनारायण शाहसित कालु पाण्डेको प्रतिविम्ब पनि राखिने छ । अब पृथ्वी नारायण शाहकै पोसाक लगाएर घोड सवारमा नगर परिक्रमा गर्न पाइने व्यवस्था समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४