Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमती सरकार डिजिटल युगमा प्रवेश गर्दैछ : मुख्यमन्त्री पाण्डे


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १ २०७९
  • 2.9K
    SHARES

 काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशभित्र सार्वजनिक सवारी साधनमा अब विद्युतीय प्रणालीबाट भाडा भुक्तानी गर्ने व्यवस्था सुरु गरिने बताएका छन् । 

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले धुलिखेलमा आज आयोजना गरेको ‘छैटौँ जिल्लासभा’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नागरिकलाई नगद पैसा तिर्दा यात्रुसँग बढी रकम लिने खालको समस्या समाधान गर्न तोकिएको रकम मात्रै भुक्तानी दिने गरी डिजिटल युगभित्र प्रदेश सरकार प्रवेश गर्ने बताएका हुन्  ।

उनले संसद्मा कानुन बनाउने बेला आफूले स्थानीय तहलाई बलियो बनाउनुपर्छ भनेर जोडदार कुरा उठाएको र वडा सरकार बलियो भएमात्रै नेपाल बलियो तथा समृद्ध बन्ने भएकाले त्यसैमा ध्यान दिन जरुरी रहेको बताएका हुन् । सङ्घीय सरकार भनेको नै प्रदेश सरकार भएको उल्लेख गर्दै उहाँले भर्खर मात्र प्रदेश सरकारको कानुन बनाउने र कार्यान्वयनको चरणमा रहेकाले अहिले नै ठीक तथा बेठीक भनेर टिप्पणी गर्ने बेला नभएको बताएका छन् ।

उनले आर्थिक हिसाबले कमजोर गाउँपालिकाले आफू आएपछि थप आर्थिक सहयोग गर्ने विधि बनाएको र बागमती प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन बनाएर कार्यान्वयनको चरणमा रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४