Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युवालाई उमेर घर्कने डर, तर प्रौढ नेतामै भर


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १ २०७९
  • 4K
    SHARES

प्रमुख तीन पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट गरी करिब ५० युवा प्रतिनिधिसभामा टिकटको आकांक्षी छन् । तर, कुनै पनि पार्टीका युवाले सामूहिकरुपमा सिट सुनिश्चितताका लागि नेतृत्वलाई सामूहिक रुपमा दबाव दिने काम गरेका छैनन् । यी दलका युवाहरुको अन्तर पार्टी संजाल वा यस्तै कुनै साझा मञ्च पनि बनेको छैन, जसले नेतृत्वसम्म दबाव पुगोस् ।


काठमाडौं । ‘यसपटक त डेब्यू, नत्र बुढो होइन्छ ।’ यो नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’को अभिव्यक्ति हो । समाजिक संजालमा लेखिएको उनको स्ट्याट्समा उमेर घर्किन लागेको चिन्ता झल्किन्छ ।

सरकारले परिभाषित गरेको युवा समूह (१८–४०) नाघिसकेका उनी यसपटक प्रतिनिधिसभाको चुनाव लड्ने ताकमा छन् । भक्तपुर–२ बाट चुनाव लड्ने इच्छा गरेका सापकोटालाई पार्टीले टिकट दिने/नदिने निश्चित भने छैन । ‘यसपालि चुनाव लड्ने हो,’ उनले जन प्रहारलाई भने, ‘टिकट दिने/नदिने पार्टीको कुरा होला । भाग पर्ने÷नपर्ने गठबन्धनको कुरा होला ।

उमेर घर्किन लागेको चिन्तामा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महर पनि छन् । ‘म यसपटक कुनै पनि हालतमा संघीय चुनाव लड्ने हो,’ जन प्रहारलाई चिन्ता पोख्दै उनले भने, ‘म अबको १०–१५ वर्ष राजनीतिमा सक्रिय हुन्छु भन्ने छ । म ४८ वर्ष भइसकें, अहिले पालो नपाए कहिले पाउने ?’

युवा पुस्तालाई पनि संसदमा ठाउँ दिन महरले एउटा सांसदको कार्यकाल तीन पकट मात्रै हुनुपर्ने, चक्रियरुपमा नेताका क्षेत्र परिवर्तन गरिनुपर्ने, सांसदलाई मन्त्री बनाउने कुरालाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । गृहजिल्ला डडेलधुरा भए पनि आफ्ना पार्टी सभापति शेरबहादुर देउवाका कारण बेसीतिर झरेर चुनाव लड्ने योजना बनाएका छन् । कैलाली–४ वा त्यो नभए काठमाडौं–५ उनको रोजाइमा छ ।

प्रौढ नैतामाथिकै भर

प्रमुख तीन पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट गरी करिब ५० युवा प्रतिनिधिसभामा टिकटको आकांक्षी छन् । तर, कुनै पनि पार्टीका युवाले सामूहिकरुपमा सिट सुनिश्चितताका लागि नेतृत्वलाई सामूहिक रुपमा दबाव दिने काम गरेका छैनन् । यी दलका युवाहरुको अन्तर पार्टी संजाल वा यस्तै कुनै साझा मञ्च पनि बनेको छैन, जसले नेतृत्वसम्म दबाव पुगोस् ।

वर्षौंसम्म पार्टी कब्जा गरेर बसेका प्रोढ नेताहरुसँग चर्को आवाज बनाएर सिटको दाबी गर्ने हिम्मत पनि उनीहरुले देखाउन सकेका छैनन् । बरु नेतृत्वमा व्यक्तिगतरुपमा भर परेको देखिन्छ ।

माओवादी केन्द्रबाट वागमती प्रदेश सांसद बनेर मन्त्री भइसकेका युवराज दुलाल यसपटक प्रतिनिधिसभा सदस्यमा आकांक्षा राखेको तर गठबन्धनको भागबन्डालाई पनि ध्यान दिने बताउँछन् । यसपटक सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गर्न चाहेको दुलाल बताउँछन् ।

नेकपा एमालेका युवा नेता माधव ढुंगेलले यसपटक रामेछापबाट संघीय चुनाव लड्ने तयारी गरिरहेका छन् । एमाले निकट अनेरास्ववियुको अध्यक्ष र दुई पटक पार्टीको केन्द्रीय सदस्य समेत भइसकेका ढुंगेल यसपटक अध्यक्ष केपी शर्मा ओलीले युवालाई स्थान दिन्छन् भन्ने आशामा छन् ।

‘मलाई लाग्छ अध्यक्षले यसबारे आफ्नै ढंगले पनि ‘वर्कआउट’ गर्नु भएको छ,’ ढुंगेलले जन प्रहारलाई भने, ‘केही प्रतिशत माथिको नेतृत्व उठ्नुपर्ने हुनसक्छ, नभए अधिकांश नयाँ मान्छे उठाउनुपर्छ भन्ने मनोविज्ञानमा अध्यक्ष हुनुहुन्छ भन्ने मेरो बुझाइ छ ।’

युवालाई ल्याउनुपर्ने समाजको दबाव समेत रहेको भन्दै ढुंगेल यो दबाव पार्टीहरुले महसुस गरिरहेको बताउँछन् । ‘नयाँ र नवीनता खोजेको अनुभूति पार्टीहरुले पनि गरेकै छन् जस्तो लाग्छ,’ उनी भन्छन्, ‘हाम्रो त झन् ७० वर्षको उमेर हद तोकेको, नियमित अधिवेशन गर्ने पार्टी भएकाले अध्यक्षले युवामैत्री टिम नै बनाउनुहुन्छ जस्तो लाग्छ ।’

कांग्रेसका आकांक्षी युवा

नेपाली कांग्रेसको महामन्त्रीमा पराजित भएका प्रदीप पौडेल यसपटक संघीय चुनाव लड्ने तरखरमा छन् । अघिल्लो चुनावमा प्रदेशसभामा पराजित उनी यसपटक तनहुँ–२ बाट संघीय चुनाव लडेर प्रतिनिधिसभामा प्रवेश गर्न चाहन्छन् । नेविसंघका पूर्वअध्यक्ष रहेका गोविन्द भट्टराई पनि तनहुँकै सम्भावित उम्मेदवार हुन् ।

नेपाली कांग्रेसको सभापतिमा समेत चुनाव लडेका कल्याण गुरुङ (महोत्तरी–१), नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रन्जित कर्ण (सप्तरी), नेविसंघकै पूर्वअध्यक्षहरु महेन्द्र शर्मा (बर्दिया), राजीव ढुंगाना (सुनसरी) र जीतजंग बस्नेत (ललितपुर–३) पनि प्रतिनिधिसभा निर्वाचनको टिकटका दाबेदार हुन् ।

त्यस्तै लामो समय पत्रकारिता गरेर पहिलो पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका अजय शिवाकोटी (दोलखा), गुरु बराल (कास्की), रत्न कार्की (रामेछाप), विनोद कायस्थ (भक्तपुर), प्रतिमा गौतम (काठमाडौं–२), नगिना यादव (महोत्तरी), अञ्जली श्रेष्ठ (चितवन) पनि आकांक्षी छन् । सरस्वती अर्याल तिवारी (स्याङजा–२), नानु बास्तोला (काठमाडौं), कान्तिका सेजुवाल (जुम्ला) र दिनेश कोइराला (चितवन) पनि चुनाव लड्न टिकट हात पार्ने प्रयासमा लागेका छन् ।

एमालेका आकांक्षी युवा

पत्रकारिता पृष्ठभूमिबाट आएका सूर्य थापा (प्युठान) र विष्णु रिजाल (दैलेख–२) बाट टिकटको दाबेदार हुन् । थापा र रिजाल अहिले आ–आफ्ना गृहजिल्लामा सक्रिय छन् ।

एमाले निकट अनेरास्ववियुको अध्यक्ष र दुई पटक एमाले केन्द्रीय सदस्य भइसकेका ठाकुर गैरे यसपटक प्रतिनिधिसभा चुनाव लड्न चाहन्छन् । हाल एकीकृत समाजवादीका गएका नेता सोमप्रसाद पाण्डेका कारण उनले टिकट पाउने गरेका थिएनन् । यसपटक पाल्पा–२ बाट टिकट पाउनेमा उनी लगभग ढुक्क जस्तै छन् ।

२०७४ मै स्थानीय तहको चुनाव लड्न चाहेका एमाले युवा नेता रुपनारायण श्रेष्ठले यसपटक काठमाडौं–१ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने तयारी गरेका छन् ।

एक पटक समानुपातिक सांसद समेत भइसकेकी अनेरास्ववियुकी पूर्व अध्यक्ष नवीना लामा यसपटक काभ्रे–१ बाट र अनेरास्ववियुकै पूर्वअध्यक्ष ऐन महर बझाङबाट प्रत्यक्ष प्रतिस्पर्धाको दाबेदार हुन् ।

युवा संघका पूर्वअध्यक्ष रमेश पौडेल खोटाङ र युवा संघको उपाध्यक्षबाट बिदा लिएका महेश बर्तौला मकवानपुर–२ बाट चुनाव लड्न चाहन्छन् । त्यस्तै युवा संघको अध्यक्षमा महेश बस्नेतसँग पराजित युवा नेता निरज आचार्य जाजरकोटबाट टिकटको दाबेदार छन् ।

माओवादीका आकांक्षी युवा

माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपाने गोरखाबाट चुनाव लड्न चाहन्छन् । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका पूर्व अध्यक्षहरुमध्ये हिमाल शर्मा काठमाडौं–६, रमेश मल्ल सल्यान र रञ्जित तामाङ झापा–५ बाट उम्मेदवारका आकांक्षी हुन् ।

पार्टी केन्द्रीय सदस्य एवम् अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष रामदीप आचार्य जाजरकोटबाट टिकटको दाबेदार हुन् । त्यस्तै अखिल क्रान्तिकारीकै पूर्वनेताहरु माधव सापकोटा (सिन्धुपाल्चोक), विजय गौतम (मकवानपुर), वीरेन्द्र बस्नेत (झापा) लगायत पनि आकांक्षी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४