काठमाडौँ । प्रतिनिधि सभा बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार आज बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा राष्ट्रपतिबाट पुनर्विचारको लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।
स्टान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक दफावार छलफलका लागि प्रस्ताव गर्ने र आजै पारितका लागि प्रस्ताव गर्ने, प्रत्यायन विधेयकमाथिको दफावार छलफल र पारितका लागि सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
