हाम्रो “सत्य तथ्य सन्तुलित र निष्पक्ष खबर ” जन न्युज नेपाल खबर डट कम” हरेक पल पलमा तपाईंहरुको साथमा
पाँचथरको मिक्लाजुङ गाँउपालिकामा सोमबार राती हत्या गरिएका बमबहादुर फियाकका कान्छा ज्वाँइले आत्महत्या गरेको ठाउँ नजिकै रगतमा लतपतिएको खुकुरी,लुगा र झोला भेटिएका छन्।
सोमबार राती मिक्लाजुङ्ग-३का बमबहादुर र उनका माइला ज्वाइँ धनबहादुरको परिवारका ९ जनाको हत्या भएको थियो। दुई परिवारको घर १५ मिनेटको पैदल दुरीमा छ।
उक्त घटनापछि बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिम पनि आफ्नो गाउँभन्दा लगभग डेढ किलोमिटरको दुरीमा रहेको मलेदोको रूखमा झुण्डिएको अवस्थामा फेला परेका थिए। माखिमको घर मिक्लाजुङकै ७ नम्बर वडामा पर्छ।
उनी झुण्डिएको ठाउँभन्दा २ सय मिटर जति वर रहेको भिरजस्तो ठाउँमा रगत लतपतिएको खुकुरी, दाप, लुगा र झोला भेटिएको प्रदेश १ का डिआइजी केदार रिजालले बताए।
ससुरा र साढुभाइको परिवार मारेपछि मानबहादुर आफै झुण्डिएको प्रहरीले अनुमान गरेको छ।
यो हत्यालाई हप्ता दिन अघिको नुनमा सिसा मिसाइएको घटनासँग जोडेर हेरिएको छ। हत्या गरिएका मध्ये मुना शेर्मा, मनकुमारी फियाकले हप्तादिन अघि नै खाएको खानामा सिसायुक्त नुन मिसिएको पाइएको थियो। उनीहरू बिरामी परेपछि सिसायुक्त खाना खाएको फेला परेको थियो।
नुनमा सिसा कसले राख्यो भन्ने विषयमा प्रहरी टुंगोमा नपुग्दै दुइजानाका परिवारै मारिएका छन्।
आरुबोटेमै सञ्चालित ढाका बुनाइ तालिममा सहभागी भएका उनीहरूले खाजामा राखिएको नुनमा मिसाइएको सिसा खाएको प्रहरी अनुमान थियो। उक्त घटनाको अनुसन्धान गरिरहेको प्रहरीले माखिमले नै नुनमा सिसा मिसाएको शंका गरे पनि पक्राउ भने गरिसकेको थिएन।
‘बमबहादुर फियाकका अर्का ज्वाइँ मानबहादुर माखिमले बमबहादुर र उनको घर नजिकै रहेको ज्वाइँ धनराज शेर्मा परिवारको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ,’ ती उच्च प्रहरी अधिकारीले जन न्युज नेपाल खवर सँग भने, ‘अन्य कुरा पछि खुल्दै जाला।’
वडाध्यक्ष हस्तराज फियाकको भनाइले पनि प्रहरीको आशंकालाई पुष्टी गर्छ।
ज्वाइँ मानबहादुर -ससुरा बमबहादुरको मनमुटाव भएको वडाअध्यक्ष फियाकले बताए। उनका अनुसार, कान्छि छोरी र ज्वाँइको बारम्बार झगडा भएपछी बमबहादुरले मिलाउने कोसिस गरेका थिए। उनका अर्का ज्वाइँ धनराज शेर्माले पनि झगडा मिलाउन कोसिस गर्दै आएका थिए। तर, झगडा साम्य नभएपछि दुवैजना केही समय पहिलेदेखि अलग्गै बसिरहेका थिए। उनीहरूको घर मिक्लाजुङ्ग-७ मा पर्छ।
घटनामा शेर्मा र फियाकको घरका नौ जनाको हत्या भएको हो। हत्या गरिएका ज्वाइँ-ससुराको घर पन्ध्र मिनेट पैदल दूरी फरकमा छ। शेर्माको घर फियाकको भन्दा दक्षिण पर्छ।
हतियारधारी व्यक्तिले सोमबार मध्यरात पालैपालो दुवै परिवारलाई आक्रमण गरेको थियो। वडाध्यक्ष हस्तराज फियाकका अनुसार दुवै परिवार साधारण किसान हुन्।
‘यो परिवारसँग बाहिरका मान्छे कसैको दुश्मनी थिएन भन्ने बुझेका छौं,’ फियाका अनुसार परिवारै सक्ने किसिमले हत्या भएको छ, यो परिवारसँग निर्मम हुनुपर्ने ठूलो कारण केही छैन।
हत्या गरिएकाहरूमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बू छन्।
सात दिनसम्म प्रहरीले नुनमा सिसा मिसाउने व्यक्ति पहिचान गर्न नसक्दा अर्को घटना घटेको अनुमान गर्न सकिने वडाध्यक्ष फियाक बताउँछन्। ‘शंका लागेका व्यक्तिलाई प्रहरीले किन यतिका दिन समाएन, यो हत्यामा उनै व्यक्तिको संलग्नता शंका भइरहेको छ,’ उनले भने, ‘प्रहरीको लापरबाहीले यत्रो घटना हुन पुगेको किन नभन्ने?’
एक गैरसरकारी संस्थाद्वारा सञ्चालित तीनमहिने ढाका तालिममा सहभागी भएका उनीहरूलाई गतआइतबार बिहान खुवाइएको खाजामा सिसा मिसाएको थाहा लागेपछि बुधबार अस्पताल भर्ना गरिएको थियो।
नुन कम लागेको भन्दै थप गरेको नुनमा सिसाका कणहरू भएको हुन सक्ने प्रहरी अनुमान थियो। भान्छामा राखिएको नुनको भाँडामा नै सिसा मिसाइएको भेटिएको थियो।
तालिमकी प्रशिक्षक समेत रहेकी स्थानीय होटल व्यवसाय गर्ने जसमिन फियाक लिम्बूको पसलमा त्यस्तो फेला परेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मिलन केन्द्र नेपालको आयोजनामा जिल्ला घरेलु तथा साना उद्योग विकास समिति पाँचथरको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको थियो। तालिमका ६ जना सहभागीसहित जसमिनकी छोरी र अन्य एक गरी ८ जनालाई अस्पताल भर्ना गरिएको थियो।
‘डिभोर्स’का कारण हत्या: प्रहरी
पाँचथरको आरुबोटेमा ९ जनाको सामूहिक हत्या ‘डिभोर्स’ का कारण भएको प्रहरीको प्रारम्भिक निष्कर्षले देखाएको छ।
घटनास्थल पुगेका प्रहरीले गरेको रिर्पोटिङको आधार, घटनालाई सूक्ष्म ढंगले अध्ययन गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी, अपराध अनुसन्धान विभाग र प्रहरी प्रधान कार्यालय आइजिपीको सचिवालय टोलीले सामूहिक हत्याको कारण ‘डिभोर्स’ नै हुन सक्ने निष्कर्ष निकालेको हो।
मानबहादुर र उनको श्रीमतीबीच पछिल्लो समय किचलो थियो। ‘उनीहरू डिभोर्सको अन्तिम तयारीमा थिए,’ उच्च प्रहरी स्रोतले भन्यो, ‘श्रीमतीलाई डिभोर्स गर्न सघाएको भन्दै मानबहादुरले साडु भाइ र ससुराको परिवार सबैलाई खसाप पारेको हुन सक्छ।’
पाँचथर हत्याकाण्डमा भागेर ज्यान बचाएकी १२ वर्षीया सीता खाजुमले कपडाले मुख छोपेर आएका एक व्यक्तिले खुकुरी हानेर परिवारका सबै सदस्य मारेको बयान दिएकी थिइन्।
प्रदेश नम्बर एक प्रहरी स्रोतका अनुसार बिहानपख सम्पर्कमा आएकी सीताले खाना खाएर सुतिसकेपछि आएका एक व्यक्तिले खुकुरी हानेर पालैपालो ज्यान लिएको बयान दिएकी छिन्।
घटनास्थलमा छानविन गर्न केन्द्रीय अनुसन्धान ब्युरोले प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा टोली खटाइसकेको छ। प्रदेश नम्बर १ बाट पनि कुकुरसहितको टोली घटनास्थलमा पुगेको छ।
हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
१,प्रबन्धक निर्देशक/प्रकाशक/कार्यकारी सम्पादक :- नेत्र बहादुर कार्की ।
२,प्रधानसम्पादक : राजकुमार हुमागाइ ।
३,सम्पादक :- कुमार अधिकारी ।
४,सह-सम्पादक :- सबिन कार्की ।
५,बजार ब्यबस्थापक :- रेजिना खड्का, कार्की ।
६,सह-ब्यबस्थापक :- दावा फिन्जो तामाङ ।
७,सम्बाददाता :- पुर्ण बहादुर खत्री ।
८,सम्बाददाता :- अर्जुन कार्की ।
९,सम्बाददाता :- गोबिन्द गौतम ।
ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,९८५१०१०००७
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
