Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एनआईसी एसियाले ल्यायो ‘सर्वश्रेष्ठ तलब बचत खाता’, सर्वाेत्कृष्ट लाभ दिने योजना


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २९ २०७९
  • 3.1K
    SHARES

काठमाडौँ । देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआईसी एसिया बैंकले ‘सर्वश्रेष्ठ तलब बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ । चलन चल्तीका तलब बचत खाता (पेरोल एकाउन्ट)हरु मध्ये सबैभन्दा बढी लाभ दिने यस तलब बचत खाता योजनाअन्तर्गत विभिन्न संघ, संस्था, कम्पनी तथा व्यवसायिक प्रतिष्ठानले एनआईसी एसियामा खाता खोल्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार ‘सर्वश्रेष्ठ तलब बचत खाता’ अन्तर्गत ३ प्रकारको सर्वश्रेष्ठ बीमा फाइदाहरु, ३ प्रकारको सर्वश्रेष्ठ कर्जा सम्बन्धी फाइदाहरु तथा विभिन्न १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरु प्राप्त गर्न सकिने छ ।

बैंकिङ्ग आवश्यकतालाई गहन रुपमा अध्ययन विश्लेषण गरी सो आवश्यकता पूरा गर्न र विभिन्न प्रकारका कम्पनी तथा संघ संस्थालाई असीमित बैंकिङ्ग अनुभव प्रदान गर्न एनआईसी एसिया बैंकले ‘सर्वश्रेष्ठ तलब बचत खाता’ मा थुप्रै विशेषता थप गरेको बैंकले जनाएको छ ।

बैंकले आफ्ना ग्राहक कर्मचारी बचतकर्तालाई सबैभन्दा बढी लाभ पुग्ने गरी ३ श्रेणीको खाता उपलब्ध गराएको जनाएको छ । ती तीन प्रकारका फाइदा र विशेषता निम्नानुसार छ :

ब्याजदर र न्यूनतम मौज्दातमा के छ फाइदा ?
एनआईसी एसिया बैंकको सर्वश्रेष्ठ तलब बचत खाता खोल्दा कुनै पनि शुल्क लाग्ने छैन । बैंकले यो खातामा वार्षिक ८.०३ प्रतिशत व्याज प्रदान गर्नेछ । सर्वश्रेष्ठ तलब बचत खाता योजना अन्तर्गत एनआईसी एसिया गुडविल एम्बेसडर, द प्राइड अफ एनआईसी एसिया र द पार्टनर अफ एनआईसी एसिया खाता रहेका छन् ।

कुनै पनि कम्पनी वा संस्थाले आफ्ना कर्मचारीको लागि सर्वश्रेष्ठ तलब बचत खाता योजना अन्तर्गत एनआईसी एसिया गुडविल एम्बेसडर, द प्राइड अफ एनआईसी एसिया र द पार्टनर अफ एनआईसी एसिया खाता खोली उत्कृष्ट फाइदा पाउन सक्ने छन् । यो खातामा खातावालाले विभिन्न ३ प्रकारको सर्वश्रेष्ठ बीमाका फाइदा, ३ प्रकारको सर्वश्रेष्ठ कर्जा सम्बन्धी फाइदा तथा १८ प्रकारको अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरु लिन सक्नेछन् ।

बैंकले प्रदान गर्ने यो सुविधा प्राप्त गर्न कम्पनी वा संस्थाका लागि कर्मचारीको संख्या निर्धारण गरेको छ । एनआईसी एसिया गुडविल एम्बेसडर खाता खोल्नका लागि कम्तीमा ५० वा सो भन्दा माथिको संख्यामा कर्मचारी हुनुपर्ने मापदण्ड रहेको बैंकले जनाएको छ । प्राइड अफ एनआईसी एसिया खाता खोल्नका लागि कम्तिमा ५ देखि ४९ जनासम्म कर्मचारी हुनुपर्ने प्रावधान छ भने द पार्टनर अफ एनआईसी एसिया योजना अन्तर्गत खाता खोल्न ५ वा सो भन्दा कम संख्यामा कर्मचारी भएका संघसंस्थाले पनि यो सुविधा प्राप्त गर्न सक्नेछन् ।

एनआईसी एसियाको नयाँ योजना ‘सर्वश्रेष्ठ तलब बचत खाता’मा १० देखि ८४ लाख रुपैयाँसम्मको बीमा सुविधा संलग्न रहेको छ । नेपालमै पहिलो पटक प्रस्तुत गरिएको ‘सर्वश्रेष्ठ तलब खाता’ योजनामा सहभागी हुने ग्राहकले ८४ लाख रुपैयाँसम्मको ३ वटा बीमाका फाइदाहरु ५ वर्षसम्म प्राप्त गर्न सक्नेछन् । बचतसँगै बीमा सम्बन्धी नयाँ योजनाले भविष्यको भवितव्य सामना गर्न सहज हुने विश्वास बैंकले लिएको छ । यो खातामा दुर्घटना बीमा, घातक रोग बीमा र स्वास्थ्य उपचार बीमालगायत निम्नलिखित ३ प्रकारका बीमाका फाइदाहरु उपलब्ध छन् ।

‘गुडविल एम्बेसडर’ खातामा ४० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, विभिन्न १८ वटा घातक रोग लागेको खण्डमा त्यसको उपचारका लागि ४० लाख रुपैयाँको घातक रोग बीमा र औषधी उपचार वापत ४ लाख रुपैयाँसम्मको मेडिकल बीमा गरी कुल ८४ लाख रुपैयाँसम्मको बीमा फाइदाहरु उपलब्ध छन् । यस योजना अन्तर्गत खातावाला एवं निजले मनोनित गर्ने परिवारका अन्य ३ जना सदस्यलाई समेत खातावाला बराबर सबै प्रकारका बीमा सुबिधा प्रदान गरिएको बैंकले जनाएको छ ।

‘द प्राइड अफ एनआईसी एसिया’ अन्तर्गत बचतकर्ताले २० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा, विभिन्न १८ प्रकारका घातक रोग लागेको खण्डमा सोको उपचारका लागि २० लाख रुपैयाँसम्मको घातक रोग बीमा र २ लाख रुपैयाँ सम्मको औषधि उपचार बीमा सुविधा प्राप्त गर्न सक्ने छन् । यसमा खातावाला र निजले तोकेका अतिरिक्त एक जनाले सो सुविधा प्राप्त गर्नेछन् ।

द पार्टनर अफ एनआईसी एसियामार्फत शारीरिक अशक्तता वा मृत्यु भयो भने १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, १० लाखको घातक रोग बीमा र मेडिकल जाँच वापत १ लाख रुपैयाँसम्मको मेडिकल बीमा गरी कुल २१ लाख रुपैयाँसम्मको बीमा फाइदाहरु यस ‘सर्वश्रेष्ठ तलब बचत खाता’मा रहेका छन् । द पार्टनर अफ एनआईसी एसिया मार्फत उपलब्ध हुने सुविधा भने खातावाला स्वयम्ले मात्र प्राप्त गर्ने बैंकले जनाएको छ ।

यस्ता छन् कर्जासम्बन्धी फाइदा

एनआईसी एसिया बैंकको ‘सर्वश्रेष्ठ तलब बचत खाता’ मा विभिन्न ३ प्रकारको सर्वश्रेष्ठ कर्जा सम्बन्धी फाइदाहरु उपलब्ध छन् । खातावालाले पूर्व स्वीकृत कर्जा सीमा, पूर्व स्वीकृत कर्जा सीमामा आधारदर माथि लाग्ने प्रिमियम शुल्क तथा कर्जा प्रशासनिक शुल्कमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले खातावालालाई कर्जा दिँदा कर्जा प्रशासनिक शुल्क ०.२५ प्रतिशत मात्रै लगाउने छ भने बेस रेटमा १ प्रतिशत मात्रै प्रिमियम दर तोकेर कर्जा दिने बैंकले जनाएको छ । एनआईसी एसिया बैंकको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनामा ग्राहकले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।

डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ्गसम्बन्धी फाइदाहरु के–के छन् ?

सर्वश्रेष्ठ तलब बचत खाता खोलिसकेपछि तपाईंले पाँच वर्षसम्म एनआईसी एसिया बैंकका सम्पूर्ण डिजिटल सेवाहरुको निःशुल्क रुपमा उपयोग गर्न पाइने छ । बैंकले दिने डेबिट कार्ड, मोबाइल बैकिङ, इन्टरनेट बैंकिङ ५ वर्षसम्मको लागि निःशुल्क उपलब्ध गराइनेछ भने क्रेडिट कार्डको सीमा ५ लाखसम्म निःशुल्क र क्रेडिट कार्ड आबद्ध र जारी शुल्क निःशुल्क गराइने बैंकले जनाएको छ ।

क्रेडिट कार्डको वार्षिक शुल्क, प्रिपेड डलर कार्ड, निःशुल्क चेक प्रोसेसिङ आरटीजीएस, आइपीएस शुल्क ५ वर्षको लागि निःशुल्क गरिएको छ । त्यसैगरी लकर सुविधा ५ वर्षसम्म निःशुल्क गर्नुका साथै लकर मार्जिनमा शतप्रतिशत छुटको व्यवस्था गरिएको छ । यस्तै, मुद्रा सटहीमा २५ पैसाको थप छुटको व्यवस्था गरिनेछ भने कुनै पनि स्वदेशी बैंकबाट नगद निकालेमा ५ वर्षसम्म अन्य कुनै शुल्क लाग्ने छैन ।

प्रिभिलेज बैंकिङका फाइदा के–के छन् ?
एनआईसी एसिया बैंकले प्रिभिलेज बैंकिङ्ग योजनाअन्तर्गत सेवा प्रवाहलाई विश्वासिलो र भरपर्दो बनाउने ग्यारेन्टी दिएको छ । कुनै पनि संस्था वा कम्पनीले आफ्ना कर्मचारीका लागि एनआईसी एसिया गुडविल एम्बेसडर, द प्राइड अफ एनआईसी एसिया र द पार्टनर अफ एनआईसी एसिया खाता खोल्दा सेवा प्रवाहको लागि बैंकले तोकेको समयको ५० प्रतिशत समय भित्र सेवा उपलब्ध गराउने प्रतिवद्धता बैंकले जनाएको छ ।

बैंकको निर्धारित सेवा प्रवाह समयभन्दा बढी समय सेवाको लागि खातावालाले प्रतीक्षा गर्नुपरेको अवस्थामा बैंकले क्षतिपूर्ति स्वरुप १० रुपैयाँ प्रदान गर्ने जनाएको छ । सर्वश्रेष्ठ तलब बचत खाता योजना अन्तर्गत तीनै श्रेणीका खातावालाले यो सुविधा प्राप्त गर्न सक्नेछन् ।

विगत २५ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको एनआईसी एसिया बैंकले आफ्ना देशभर रहेका ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको यस बैंकले आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पुर्याउँदै जाने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४