काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी छ ।
सत्तारुढ दल माओवादी केन्द्रको स्थायी कमिटी बैठक बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको बताइएको छ ।
आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटका विषय छलफलको एजेण्डा रहेको स्रोतले बताएको छ।
सत्तारुढ गठबन्धनले बनाएको कार्यदलमा आएका विषयहरुको जानकारी अध्यक्ष प्रचण्डलाई दिनेगरी आजको बैठक अयोजना भएको हो।
