Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बजारमा म्याद गुज्रेका अखाद्य वस्तु र कुहिएको मासु भेटियो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २५ २०७९
  • 8.2K
    SHARES

विराटनगर । धरानमा बुधबारदेखि बजार अनुगमन सुरु गरिएको छ । इलाका प्रशासन कार्यालय धरानको अगुवाइमा धरान उपमहानगरपालिकाका राजश्व शाखा, कृषि शाखा, इलाका प्रहरी र नगर प्रहरीसहितको टोलीले संयुक्त रूपमा अनुगमन थालेको हो ।

धरान वडा नम्बर ३ को माछाभौडी बजार क्षेत्रमा रहेका भेटनेरी, किराना पसल, सुन पसल, माछा, मासु पसलको अनुगमन भएको हो । इलाका प्रशासन कार्यालयका प्रमुख चुडाराज भट्टराईले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ सुरु गरिएको बताए ।

इलाका प्रशासन कार्यालय, धरान उपमहानगरपालिका र आन्तरिक राजश्व कार्यालय सहितको संयुक्त सन्देशमूलक अनुगमन सुरु गरिएको जानकारी दिए । उनले आज पनि किराना पसलमा म्याद गुज्रेको अखाद्य वस्तु, मासु पसलमा कुहिएको मासु विक्री गर्न राखिएको भेटिएको बताए । उक्त म्याद गुज्रेको अखाद्य वस्तु र कुहिएको फाल्न लगाइएको उनको भनाई छ।

अर्को पटक पनि अनुगमनको क्रममा म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु उपभोक्तालाई बिक्री वितरण गरेको पाइए प्रचलित कानुन अनुसार कारबाही गरिने उनले बताए । यस्तै मोरङमा पनि बजार अनुगमन गरिएको छ। इलाका प्रशासन कार्यालय रंगेलीको अगुवाइमा मोरङको रंगेली बजारको अनुगमन गरिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले बजार अनुगमन गरेको हो । अनुगमनको क्रममा बजारमा म्याद गुज्रिएका र सडेगलेका सामाग्रीलाई जफत गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काँशीराज दाहालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४