Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बैंकमा करोडौँ रकम कारोबार गर्ने श्रेष्ठ जेल चलान


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २५ २०७९
  • 11.9K
    SHARES

काठमाडौँ । विदेशी बैंकमा करोडौँ रकम कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज कारागार चलान गरेको छ ।
प्रहरीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ सम्बन्धी कसुरमा पक्राउ परेका नुवाकोटको विदुर नगरपालिका–२ घर भइ हाल काठमाडौँ महानगरपालिका–३ पानीपोखरी बस्ने ४१ वर्षीय अमित श्रेष्ठलाई काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरेको हो ।

पक्राउ परेका श्रेष्ठले अष्ट्रेलियाको वेल्थ बैंकमा एक लाख ९४ हजार दुई सय ८५ अमेरिकन डलर, क्यानडाको रोयल बैंकमा १८ लाख ७४ हजार चार सय २१, एभरेष्ट बैंक लिमिटेडको खाताबाट रु दुई करोड छ लाख छ हजार छ सय ९२, एनआइसी एशिया बैंक लिमिटेडको खाताबाट रु ६५ लाख २४ हजार नौ १०, नबिल बैंक लिमिटेडको खाताबाट क्यानेडियन ६७ हजार पाँच ९६ र नेपाली रु ६५ लाख अवैध कारोबार गरेको पाइएको छ ।

काठमाडौँ महानगरपालिका–१४ कलङ्की तथा कामपा–३ लाजिम्पाटमा जग्गा र पानीपोखरीमा अपार्टमेन्टसमेत रहेको पाइएको जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

श्रेष्ठको साथबाट बरामद भएको दुई थान मोबाइल र दुई थान ल्यापटपबाट उक्त कारोबार पत्ता लागेको प्रहरीले जनाएको छ । सरकारी वकिलको कार्यालयबाट काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरी बहस पैरवी पश्चात जिल्ला अदालतको आदेशअनुसार श्रेष्ठलाई कारागार चलान गरिएको प्रवक्ता मैनालीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४