Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मनोज प्रभाकर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २३ २०७९
  • 6.2K
    SHARES

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय क्रिकेटर मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको छ ।

सोमबार क्यानले प्रेस विज्ञप्ती जारी गरेर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय क्रिकेटर मनोज प्रभाकरलाई नियुक्त गरेको जनाएको हो ।

पूर्व प्रशिक्षक पुबुदु दाशानायकेले कार्यकाललाई ७ महिनामा नै टुङ्गाएपछि क्यानले नयाँ प्रशिक्षक खोजिरहेको थियो ।

नेपाली टोलीको प्रशिक्षकमा नियुक्त हुनुभएका प्रभाकरले भारतीय टिमबाट ३९ टेस्ट र एक सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्नुभएको छ । यसअघि अफगानिस्तानको राष्ट्रिय क्रिकेट टिम र रणजी ट्रफीका टिमहरु दिल्ली, राजस्थान र युपी क्रिकेट एशोसियशनको प्रशिक्षण सम्हालेको प्रभाकारमा अनुभव रहेको छ ।

‘नेपालमा रहेको क्रिकेटप्रतिको लगाव, उनीहरुको प्रतिभा र कौशलता देख्दा म नेपाललाई क्रिकेटको शक्तिको रुपमा विकाश गर्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमसँग सहकार्यका लागि तयार छु,’ नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि प्रभाकरले क्यानद्वारा जारी विज्ञप्तीमा बताउनुभएको छ ।

५९ वर्षीय प्रभाकर सन १९८४ देखि १९९६ सम्म भारतको राष्ट्रिय क्रिकेट टिमबाट खेल्नुभएको थियो । पूर्व प्रशिक्षक पुबुदु दाशानायकेले स्कटल्याण्ड भ्रमण पछि राजीनामा दिएपछि नेपाली टोली प्रशिक्षक विहीन थियो ।

नेपाली टोली सम्हाल्न आउनुभएका पुबुदुले दोस्रो पटक नेपाली टोली सम्हाल्दा पहिलो कार्यकाल भन्दा निराशाजनक बन्यो । पुबुदुको कार्यकालमा नेपाली टोली बंगलादेशमा भएको २०१४ ट्वान्टी–२० विश्वकप क्रिकेट खेलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४