Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इजरायल र प्यालेस्टाइनीबीचकाे तनाव उत्कर्षमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २२ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । इजराइलको हवाई आक्रमणमा परी गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २४ पुगेको छ ।

मृत्यु हुनेमा ६ जना बालबालिका रहेका छन् भने २ सय ३ जना घाइते भएका छन् । गत शुक्रबार इजराइलले प्यालेस्टाइनी इस्लामिक संगठनविरुद्ध सुरु गरेको सैन्य कारबाहीमा प्यालेस्टाइनी सर्वसाधारण समेतकाे मृत्यु भएकाे छ ।

दोस्रो दिन पनि जारी रहेको आक्रमणमा इजरायली सेनाले गाजा शहरमा हवाई आक्रमण तीब्र बनाएको छ । इजरायली बम वर्षक विमानहरुले गाजाका विभिन्न स्थानमा आक्रमण गरेका छन् । बम आक्रमणबाट थुप्रै घर तथा सवारी साधनहरु समेत ध्वस्त भएका छन् । गाजामा भईरहेको यो आक्रमण एक हप्तासम्म लम्बिनसक्ने बताइएको छ ।

इजराइलको कारबाहीमा प्यालेस्टाइनी इस्लामिक जिहादी संगठन (पीआइजे) का नेता तायशिर जबारीकाे पनि मृत्यु भएकाे जनाइएकाे छ । इजराइलले प्यालेस्टाइनी अतिवादी समूहबाट तत्काल सुरक्षा खतरा महसुस भएकोले कारबाही गरेको बताएको छ । उता, प्यालेस्टाइनी जिहादीहरुले पनि इजरायलतर्फ कम्तिमा ४ सय मिसाइल हानेकोमा इजरायली सुरक्षा संयन्त्रणले अधिकांश मिसाइललाईबीचमै निस्क्रिय बनाइएको छ ।

यसैबीच, गाजापट्टीमा चिकित्सा सेवा पनि प्रभावित भएको छ । जेनेरेटर सञ्चालन गर्न आवश्यक इन्धनको अभाव हुँदा चिकित्सा सेवा बन्द हुने अवस्थामा पुगेको हो । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता आश्राफ अल–किद्राले घाइतेहरूका लागि आकस्मिक सेवा सुनिश्चित गर्न सबै अस्पतालहरूमा बहिरंग सेवा र निर्धारित केही शल्यक्रिया समेतलाई रोकिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४