Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालमा कोभिड : १७ दिनमा १६ जनाको मृत्यु, को छन् बढी जोखिममा ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन १९ २०७९
  • 4.5K
    SHARES

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । विगत दुई सातामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या मात्र नभई गम्भीर बिरामी र मृत्यु हुनेहरूको सङ्ख्या पनि बढिरहेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिडको अवस्थाबारे नियमित प्रकाशित गर्ने विवरणअनुसार साउन १ गते देखि साउन १७ गते सम्ममा १६ जनाको मृत्यु कोभिडसँग सम्बन्धित कारणले भइसकेको छ । तीमध्ये १२ जना कोरोनाविरुद्धको एक डोज पनि खोप नलगाएका, दुईजना दोस्रो डोज लगाएका र दुईजना बुस्टर डोजसमेत लगाएका छन् ।

मृतक सबैजसो दीर्घरोगाी भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीको भनाई छ । ‘१ साउनदेखि बुधबारसम्म १६ संक्रमितको मृत्यु भएको छ । उनीहरू सबैजसो दीर्घरोगी र ५० वर्ष नाघेका छन्,’ उनले भने, ‘मृतकमध्ये ७५ प्रतिशत खोप नलगाएका छन् ।’

कोरोना महामारी सुरु भएयता साढे दुई वर्षमा देशभर ११ हजार नौ सय ६८ को मृत्यु भएको छ । पछिल्ला दिन संक्रमण बढेसँगै आइसियू र भेन्टिलेटरमा पुग्ने संक्रमित पनि बढिरहेको तथ्यांक छ । पाँच हजार दुई सय ७५ सक्रिय संक्रमितमा एक सय ५८ जना अस्पताल भर्ना भएका छन् । उनीहरूमध्ये ४३ आइसियू र दुईजना भेन्टिलेटरमा छन् । आइसियू र भेन्टिलेटरमा जाने संक्रमित क्रमशः बढिरहेको प्रवक्ता अधिकारीको भनाई छ ।

खोपमा राम्रो प्रगति हुँदाहुँदै कोभिडले ज्यान लिइरहँदा पछिल्ला दिनमा गम्भीर सङ्क्रमणमा पर्ने मानिसमध्ये धेरैजसो खोप नलगाइसकेका वा अपूर्ण मात्रा लगाएका वा बढी उमेर र दीर्घरोगी रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

७० प्रतिशत जनसंख्यालाई खोप
नेपालले कोभिड-१९ विरुद्धको खोप कार्यक्रममा ७० प्रतिशत भन्दा माथिको सफलता हासिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका कुल जनसंख्याको ७३ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।

दोस्रो तथा पूर्ण मात्रा खोप लगाउनेको संख्या भने ७० प्रतिशत भन्दा माथि रहेको छ । ‘जसका कारण नेपाल पनि कोभिड–१९ विरुद्धको खोप कार्यक्रममा ७० प्रतिशत भन्दा माथिको कभरेज हासिल गर्ने मुलुकहरुको सूचीमा समावेश भएको छ’ सहप्रवक्ता डा. अधिकारीले भने ।

नेपालले पहिले १८ वर्षमाथिका नागरिकलाई मात्र खोप लगाएको थियो । पछि १२ देखि १८ वर्षका बालबालिकाका लागि पनि खोप सुरु गरिएको थियो । नेपालमा १२ वर्षभन्दा माथिको जनसंख्यामा पहिलो मात्रा खोप लगाउने ९२ प्रतिशत रहेका मन्त्रालयले जनाएको । दोस्रो तथा पूर्ण मात्रा खोप लगाउने १२ देखि १८ वर्षसम्मका बालबालिकाको कभरेज ८८ प्रतिशत छ ।

सरकारले २०७९ असार ९ देखि ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन सुरु गरेको थियो । बालबालिकाका लागि ३७ लाख ९२ हजार ३९८ खोप प्राप्त भए पनि २७ जिल्लामा मात्र खोप कार्यक्रम सञ्चालन भएको छ । ५० जिल्लामा भने खोप लगाउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४