Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पद खोज्नेहरुलाई पार्टीमा आउन दिन्न : रवि लामिछाने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन १७ २०७९
  • 6.6K
    SHARES

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले कुनै पद खोज्नेलाई आफ्नो पार्टीमा प्रवेश नदिने बताएका छन् । मंगलबार सुर्खेतमा आयोजित कर्णाली प्रदेश स्तरीय भेलामा उनले कुनै पद खोजेर आउन चाहनेलाई प्रवेश निषेध रहेको बताए ।

उनले अघि भने, ‘जो मान्छे यो पद भए मात्र आउँछु भन्छ, यो पार्टीको जीवन रहेसम्म मेरो जीवन रहेसम्म त्यस्तालाई यो पार्टीमा आउन दिन्न ।

अहिलेका मूलधारका राजनीतिक दलमा पद नपाएर आफ्नो पार्टीमा आउन चाहनेका लागि पनि ठाउँ नभएको उनले बताए । ‘जसले ती पार्टीमा बेथिती रह्यो, मैले चिर्न सकिन भन्छ त्यस्ता मान्छेलाई स्वागत छ’ अध्यक्ष लामिछानेले भने ।

उनले यस पटक पनि मत फेर्न नसके ५ वर्ष फेरि दुख पाइने बताए । ‘यस पटक मत फेर्न सकेनौं भने फेरि अर्को ५ वर्षका लागि यही सुनाउनुपर्नेछ, तर मलाई थाहा छैन आफ्नो सुविधा सम्पन्न जीवन छाडेर अर्को हर्क साम्पाङहरु, अर्का स्वतन्त्र उम्मेदवारहरु आउँछन्, आउँदैनन्, अर्का बालेनहरु र गोपी हमालहरु आउँछन् कि आउँदैनन् ?

कर्णाली फेर्ने कामको सुरुवात कर्णालीकै वासिन्दाले आफ्नो भोट फेरेर गर्न सक्ने उनले बताए । ‘तपाईले हाल्ने मतबाहेक तपाईंको भाग्य बदल्ने अरु कुनै उपाय छैन’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४