Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भरतपुर महानगरले छात्रवृत्तिको लागि तोक्यो समय


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन १६ २०७९
  • 3.6K
    SHARES

चितवन । भरतपुर महानगरपालिकाले कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । महानगरपालिकाको वार्षिक कार्यक्रम अन्तरगत सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ११ र १२ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको हो ।

चालु आर्थिक वर्ष ०७९ र ०८० का लागि सामुदायिक र संस्थागत विद्यालयमा १० जोड २ मा अध्ययन गर्ने विद्यार्थीको कुल सङ्ख्याको ५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भरतपुर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

छात्रवृत्ति आवेदन दिनका लागि विद्यार्थीहरूलाई २६ गतेसम्मको समयसीमा तोकिएको छ । विद्यार्थीहरूले आवेदनको साथमा महानगरले मागेको अन्य कागजात पनि समावेश गर्नु पर्नेछ ।

महानगरको शैक्षिक महाशाखाले जारी गरेको सूचनामा छात्रवृत्ति आवेदनको साथमा एसइइको ग्रेड सिट, अपाङ्गता भएको विद्यार्थीको हकमा अपाङ्गता परिचयपत्र, जनजाति र दलित विद्यार्थीको हकमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात, जनआन्दोलनका घाइतेका सन्तति, बेपत्ता परिवारका सन्तति र मधेस आन्दोलनका सन्ततिको जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात समावेश गर्नुपर्ने छ ।

सूचनामा विपन्न कोटामा आवेदन दिन सम्बन्धित वडाबाट विपन्न परिवारको सदस्य भएको सिफारिस पेश गर्न भनेको छ । गत वर्ष महानगरले २ सय ३९ जना विद्यार्थीलाई छात्रवृत्ति दिएको थियो । छात्रवृत्ति पाएका विद्यार्थीले भर्ना शुल्क र मासिक शुल्क तिर्नुपर्ने छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४