Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कास्कीमा ३३३.८ मिलिमिटर वर्षा, पोखरा जलमग्न


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन १६ २०७९
  • 4.2K
    SHARES

काठमाडौँ । गण्डकी प्रदेशका केही जिल्लामा भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसारकाअनुसार सबैभन्दा बढी कास्कीमा वर्षा भएको हो ।

पछिल्लो २४ घण्टामा कास्कीको लामपाटनमा सबैभन्दा धेरै ३३४ मिलिमिटर वर्षा मापन भएको छ । त्यहाँ १२ घण्टामा २४०.२ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ । २४ घण्टामा १४० मिलिमिटर र १२ घण्टामा १२० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई खतरा मानिन्छ ।

वर्षाका कारण पोखराका धेरैजस्तो स्थान जलमग्न भएका छन् । कास्कीका साथै चितवनको शक्तिखोरमा २४ घण्टामा २०९.४, इटहरीको तरहरामा २४ घण्टामा १४५.६ मिलिमिटर वर्षा मापन भएको छ ।

यी क्षेत्रमा आज बाढीको खतरा
देशका केही नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज त्रिवेणीस्थित तमोर, सिम्लेस्थित अरुण, रबुवाबजारस्थित दूधकोसी, बुस्तीस्थित तामाकोसी, हम्पचुवारस्थित सुनकोसी नदीमा बहाव उल्लेख्य बढ्नेछ ।

देवघाटस्थित नारायणी, बेत्रावतीस्थित त्रिशूली, आरुघाटस्थित बूढीगण्डकी, विमलनगरस्थित मर्स्याङ्दी, दमौलीस्थित सेती, कुमालगाउँस्थित कालीगण्डकी, मैनाचुलीस्थित कन्काई, वेलस्रोतस्थित कमला नदी, पधेरादोभानस्थित वाग्मती, रजैयास्थित पूर्वी राप्ती र चेपाङस्थित बबई नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यस्तै, अरू केही ठूला नदीमा बहाव सामान्य बढ्ने जनाइएको छ ।

आज झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, संखुवासभा, काठमाडौं, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, कालीकोट, दार्चुला र आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४