काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ ।
११२७३३ विद्यार्थीले २.० देखि २.४ जीपीए ल्यउँदा १००५९४ विद्यार्थीले १.६ देखि २.० जीपीए ल्याएका छन् । त्यस्तै १.२ देखि १.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४४५८६ रहेको छ भने ०.८ देखि १.२ जीपीए ल्याउने विद्यार्थी ३२८० जना छन् ।
बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई)ले एसईईको नतिजा सार्वजनिक गरेको हाे । परीक्षामा ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ ।
एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ ।
