Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाजुरा : बाटोमै शिशुको जन्म


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन ६ २०७९
  • 2.7K
    SHARES

धनगढी । बाजुरामा एक महिलाले बाटोमै बच्चा जन्माएकी छन् ।

जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका-१ मुक्तिकोटकी ३५ वर्षीया कार्तिका विकले बाटोमा बच्चा जन्माएकी हुन् । वडा नम्बर २ मा रहेको माझगाउँ स्वास्थ्य इकाई केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा उनलाई आफन्तले गाउँबाट एक घण्टा भन्दा बढीको दुरीमा रहेको स्वास्थ्य केन्द्रमा लगेका थिए । त्यहाँ पनि स्वास्थ्यकर्मी नहुँदा उनलाई फिर्ता ल्याएका थिए ।

घरमा ल्याउँदै गर्दा उनले ताहाडा खोला नजिकै बाटोमा छोरालाई जन्म दिइन् । यसअघि स्वास्थ्य केन्द्रमा रहेका सबै कर्मचारी करार रहेका थिए । गाउँपालिकाले कर्मचारीको म्याद थप नगरेपछि इकाई स्वास्थ्य केन्द्र कर्मचारीविहीन भएको छ ।
स्वास्थ्य चौकीमा कार्यरत अनमी, अहेब कसैको पनि गाउँपालिकाले करार म्याद थप गरेको छैन ।

अन्य स्वास्थ्य संस्थामा पनि करार कर्मचारीको नवीकरण नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४