Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राम्रो नाम राख्न नसके अर्को संसदलाई छाडिदिऔं : मुख्यमन्त्री राई


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन ५ २०७९
  • 2.7K
    SHARES

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पहिचानका आधारमा प्रदेशको नाम राख्न नसके अर्काे संसदलाई जिम्मा दिनुपर्ने बताएका छन् ।

प्रदेशको नाम लिम्बुवान किरात राख्नुपर्ने माग गर्दै पुगेको पहिचान पक्षधर ३२ वटा संघसंस्थाको ज्ञापनपत्र बुझ्दै उनले राम्रो नाम दिन नसके नाम राख्ने जिम्मा अर्को समितिलाई दिनुपर्ने बताएका हुन् ।

प्रदेश १ को चालु अधिवेशनबाटै नाम राख्ने गरी दलहरु छलफलमा छन् । तर नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीलगायत प्रमुख दलको अलग अलग धारणा छ । नामका विषयमा छलफलका लागि साउन ८ गते प्रदेशसभाकोे बैठक बोलाइएको छ ।

‘एकदमै नेगेटिभ नाम राख्नुभन्दा नराख्नु राम्रोे हो, यसमा स्पष्ट छु, यो कुरा लुकाएर वा खुसुक्क भन्ने होइन,’ उनले भने,‘…पछि म जस्ताको इतिहास कतिको पढिन्छन् लेखिन्छन्, तर पढिन्छ लेखिन्छ भने म जस्ताले कता उभियो, के भूमिका खेल्यो भनेर संसारले थाहा पाउनुपर्छ ।

मुख्यमन्त्री राई पहिचानका आधारमा नाम राख्नुपर्ने पक्षमा छन् । उनले राम्रो नाम भनेर पहिचानको आधारमा नामाकरण हुनुपर्नेतर्फ संकेत गरेका हुन् । ‘नराम्रो नाम लेखिनु भन्दा अहिलेलाई नलेखेर अर्काे संसदलाई छाड्दिनु राम्रो हुन्छ,’ उनले भने ।

मुख्यमन्त्री राईले पालिकाहरुको नाम पनि पहिचानका आधारमा राखेको उल्लेख गर्दै प्रदेशको नाम पनि पहिचानका आधारमा राख्नुपर्ने बताए ।

‘पहिचानका आधारमा दिँदा सबै शान्त हुन्छ, सबै खुसी हुन्छन्’, उनले भने, ‘नदिँदा आन्दोलन हुन्छ, त्यो आन्दोलनको सीमा अवधि हुन्न जहाँ पनि पुग्न सक्छ ।’ पढेलेखेका मानिसहरु पहिचानका आधारमा नाम राख्नुपर्छ भन्ने पक्षमा रहेको पनि मुख्यमन्त्री राईले जिकिर गरे ।

‘म एउटा क्रान्तिकारी हुँ, परिवर्तनकारी हुँ’, उनले भने ‘ २०६२–६३ को परिवर्तन अधुरो छ, अधुरो क्रान्तिलाई पूरा गर्न सडकबाट पनि आन्दोलन गर्छु, सरकारमा बसेर परेको बेला आन्दोलन गर्छु ।’

लिम्बूवान किरात प्रदेशको माग गर्दै मुख्यमन्त्री कार्यालय घेराउका लागि पुगेकाहरुले मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापन पत्र बुझाउँदै प्रदेशको नाम पहिचानका आधारमा नराखे आठौं प्रदेशको माग गर्दै प्रदर्शन सुरु गर्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४