Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एन्फा कार्यसमितिकाे बैठक स्थगित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन ५ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमितीको बैठक स्थगित भएको छ ।

ललितपुर स्थित एन्फा मुख्यालयमा बिहीबार बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको हो । दोस्रो कार्यसमिति बैठकमा विभिन्न १८ एजेण्डा तय भएका थिए । एन्फा मुख्यालयमा बिहान ७ बजे बैठक बस्ने भनिएपनि बैठक ढिलो गरि सुरु भएको हो । ढिलो गरी सुरु भएको बैठक एजेण्डामा नै प्रवेश नगरी स्थगित भएको वरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्काले जानकारी दिनुभयो ।

पहिलो पटक एजेण्डा र सूचनासहित एन्फा कार्यसमितिको बैठक बाेलाइएकाे हो । यसअघि गत सोमवारका लागि तय भएकोसो बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि स्थगित भएको थियो । निर्वाचनपछि भएको शपथग्रहण लगत्तै बसेको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचीत परेको नयाँ नेतृत्तवको दोस्रो बैठकलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

बैठकका लागि विभिन्न एजेण्डा तय भएपनि छलफल भने भागबण्डामै केन्द्रित हुने निश्चित रहेकाे छ । प्रमुख कार्यकारी अधिकृत (सिइओ), तीन सहमहासचिव, प्रवक्ता र विभिन्न मानार्थ पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा एन्फा बैठकमा छलफल हुने जनाइएकाे छ । चुनावमा तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङ पूरा प्यानल नै लिएर प्रतिष्पर्धामा उत्रिएका थिए । साधारणसभाले एक उपाध्यक्षसहित सात जना शेर्पा प्यानलका उम्मेदवारलाई चुनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४