Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्राधिकरण र केयूकेएललाई बालेनको प्रश्न : भत्केको सडक कहिले बन्छ ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन ३ २०७९
  • 5.4K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले बिजुलीको तार भूमिगत गर्न र खानेपानीको पाइप बिच्छ्याउन भत्काइएको सडकको संरचना कहिलेसम्म बन्छ भनेर सरोकारवालासँग प्रश्न गरेका छन् ।

मंगलबारको पूर्वाधार विकास समन्वय बैठकमा मेयर साहले नेपाल विद्युत् प्राधिकरण र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अधिकारीहरूसँग यस्तो प्रश्न गरेका हुन् ।

मेयर साहले रानीबारी, बालुवाटार, विशालनगर, धुम्बाराही, हाँडीगाउँ, माली गाउँ, कालो पुल, नयाँ बसपार्क लगायत क्षेत्रमा बिजुलीको तार भूमिगत गरेपछि अलपत्र अवस्थामा छोडिएको सडक बनाउने कामबारे प्राधिकरणका अधिकारीहरुसँग प्रश्न गरेका हुन् । बिजुलीको तार भूमिगत गरिएपछि पैदल मार्गमा समेत क्षति पुगेको भन्दै उनले महानगरले गर्नुपर्ने काम भने तदारुकताका साथ गरिने बताए ।

बैठकमा मेयर साहले खानेपानीको पाइप बिच्छ्याउन भत्काइएको वडा नम्बर १३, १४, १५ र २६ का सडक कहिलेसम्म कालोपत्रे हुन्छ भन्नेबारे केयूकेएलका अधिकारीहरुसँग पनि प्रश्न गरेका छन् । खानेपानीको पाइप बिच्छ्याउनका लागि सहमति भएका वडा २, ३, ४ र ५ को काम कसरी हुँदैछ भन्ने बारे पनि उनले जानकारी लिएका थिए ।

सेवा प्रदायक (सार्वजनिक सेवा क्षेत्रका कर्मचारीहरु) तथा लाभग्राही (सेवा लिने व्यक्तिहरु) को व्यवहारमा परिवर्तन ल्याउन सके ठूलो परिवर्तन आउन सक्ने उनको भनाइ थियो । फ्लाइ ओभर ब्रिज, अण्डर पासजस्ता भौतिक संरचना भोलिका लागि आवश्यक रहेको भन्दै उनले आजका लागि भएको अवस्थालाई सुधार गर्न व्यवहार परिवर्तनको खाँचो रहेको उनले बताए ।

मेयर साहले भने, ‘सडक, खानेपानी, ढल निकासजस्ता भौतिक पूर्वाधारको सञ्जाल, बिजुली, टेलिफोन तथा इन्टरनेट सेवाप्रदायकको तार सञ्जाल, फोहोरमैला व्यवस्थापनजस्ता कामका लागि पहिले सफ्टवेयरमा काम गरौं । त्यसपछि हार्डवेयरमा काम गर्नुपर्छ ।’

उपप्रमुख सुनिता डंगोलले सहरी विकासका काममा अन्यौल होइन समन्वय होस् भन्ने उद्देश्यले बैठक आयोजना गरिएको जानकारी दिइन् । महानगरले आफ्नो दायित्वमा नपर्ने विषयमा सेवाग्राहीका अपेक्षा सुन्नुपरेको भन्दै उनले कुन काम कसको क्षेत्राधिकारभित्र पर्छ भन्नेबारे स्पष्ट हुँदै गएको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४