पुष्कर खड्का
रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकामा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ।
मृत्यु हुनेमा लिखु तामाकोसी गाउँपालिका वडा नम्बर -४ बिजुलीकोट कल्लेरी निवासी अन्दाजी ५५ वर्षीय दिलबहादुर गाहा मगरको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।
स्थानीयले दिएको जानकारी अनुसार घरमै बसीरहेको अवस्थामा आइतबार परेको अबिरल वर्षासँगैको चट्याङ् लागेर ५५ वर्षीय दिलबहादुर गाहा मगरको घट्ना स्थलमै मृत्यु भएको छ ,भन्ने मृतक गाहा मगरको अन्दाजी ५० वर्षीय श्रीमती धनमाया गाहा मगर घाइते भएकी छन् ।
