Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रेस युनियनको महाधिवेशनको तयारी अन्तिम चरणमा, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २ २०७९
  • 14K
    SHARES

काठमाडाैँ । नेपाल प्रेस युनियनको यही साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुने नवौँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

हेटौँडाको रोयल पार्टी प्यालेसमा हुने महाधिवेशन कार्यक्रमलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको स्थानीय समन्वय समितिका सहसंयोजक गिरिजाप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

उनले युनियनको महाधिवेशनका लागि आवास, भोजन, अधिवेशनस्थल व्यवस्थापनलगायतका तयारी पूरा भइसकेको र स्वागत गेट निर्माण, निमन्त्रणा कार्ड, ब्यानर बनाउनेलगायतका कार्य पनि तीव्रताका साथ भइरहेको जानकारी दिएका हुन् ।

आवासका लागि हेटौँडा, मकवानपुरगढी, अम्लेखगञ्ज र सौराहाका होटल बुकिङ गरिएको तथा महाधिवेशनस्थल नजिकै भोजनको व्यवस्थापन मिलाइएको उनले जानकारी दिएका छन् ।

महाधिवेशनमा देशभरका करिब एक हजार ६०० प्रेस युनियनका प्रतिनिधि र अतिथिको सहभागिता रहने उनले बताए ।

साउन ६ गते उद्घाटन हुने महाधिवेशनले युनियनको नयाँ कार्यसमितिसमेत निर्वाचित गर्ने जनाइएको छ । महाधिवेशन सम्पन्न गर्नका लागि युनियनले केन्द्रीय सदस्य एवं बागमती प्रदेश संयोजक राममणि दाहालको संयोजकत्वमा स्थानीय समन्वय समिति गठन गरेको थियो । त्यसको सहसंयोजकमा केन्द्रीय सदस्य अधिकारी रहेका छन् ।

आवास व्यवस्थापन समिति संयोजकको जिम्मेवारीमा रुपेश दुलाल, भोजन व्यवस्थापनमा सुजन विडारी, पोष्टराज अधिकारीको संयोजकत्वमा सचिवालय व्यवस्थापन र प्रचारप्रसार केशव समपर्णको नेतृत्वमा भइरहेको जनाइएको छ ।

महाधिवेशन सम्पन्न गर्नका लागि युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । स्वागत सत्कार समिति संयोजकमा उपाध्यक्ष ईश्वरी ओझा, विधान मस्यौदा संशोधन समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष दीपक आचार्य रहेका छन् भने कार्यवाहक महासचिव भीष्मराज ओझाले प्रतिनिधि व्यवस्थापनको काम गरिरहेका छन् ।

कोषाध्यक्ष सरोज अधिकारीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति र तेज रावलको अध्यक्षमा निर्वाचन समिति गठन गरी तीव्रताका साथ महाधिवेशन लक्षित कार्य भइरहेको कार्यबाहक महासचिव ओझाले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४