Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमसीसीको विषयमा चीन र अमेरिकाबीच सवालजवाफ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ३१ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । अमेरिकाका प्रस्तावित राजदूतले एमसीसीबारे आफ्नो देशलाई जोडेर दिएको अभिव्यक्तिप्रति नेपालस्थिति चिनियाँ दूतावासले आपत्ति जनाएको छ ।

दूतावास प्रवक्ताले प्रस्तावित राजदूत डिन थम्पसनको भनाइ चीनले नोटमा लिएको बताउनुभएको हो । नेपाली मिडियामा थम्पसनले ‘चीनको दुष्प्रचारका बाबजुद एमसीसी नेपालले पास गरेको’ भन्ने समाचार आएकोबारे प्रवक्ताले प्रतिक्रिया दिनुभएको हो ।

थम्पसनको अभिव्यक्तिलाई नोटमा लिएको भन्दै चीनले नेपालको संसदले व्याख्यात्मक घोषणामार्फत एमसीसी पास गरेको र घोषणामा कम्प्याक्ट भन्दा एमसीसी माथि रहने उल्लेख भएको जनाएको छ ।

नेपाल अमेरिकाको कुनै सैन्य रणनीतिको अंग नहुने स्पष्ट पारेको भन्दै यो नेपाल सरकार र जनताले सार्वभौमिकता र स्वतन्त्रताको रक्षाका निम्ति लिएको वैध कदम भएको चीनको तर्क छ ।

अमेरिकी पक्षबाट आएको प्रतिक्रिया आधारहीन रहेको भन्दै यसले चीनलाई मात्र आरोपित गरेको नभई नेपाल र नेपाली जनतालाई पनि अपमानित गरेको उसको भनाइ छ । चीनले यसलाई दृढतापूर्वक अस्वीकार गर्ने बताइएको छ ।

निकट छिमेकी र विकास साझेदारका रूपमा चीनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रिय हितको रक्षामा निरन्तर सघाउने तथा नेपाली जनतालाई उनीहरूको आफ्नो विकासको मार्ग स्वतन्त्रतापूर्वक पहिल्याउन सहयोग गर्ने चिनियाँ दुतावासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४