काठमाडौं । नेपाली कांग्रेसका नेता बलबहादुर केसीले चुनावमा असहयोग गर्नेलाई कारबाही गर्ने भए पहिला शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई कारबाही गर्नुपर्ने बताएका छन् ।
पार्टी कार्यालय, सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नेता केसीले पार्टी मिलाएर लैजान सभापतिलाई आग्रह गरे ।
जहाँसम्म चुनावमा असहयोग गरेकाहरुलाई कारबाही गर्ने कुरा छ, गठबन्धन भएको ठाउँमा स्वतन्त्र उठेका र असहयोग गरेकाहरुलाई कारबाही गर्ने हो भने सबभन्दा पहिला शेरबहादुरजी र रामचन्द्रजीलाई कारबाही गर्नुपर्छ,’ केसीले भनेका छन्, ‘किनभने उहाँहरुले नै हो हामीलाई अन्त भोट हाल्न सिकाएको ।
