Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्रीलंकाको प्रधानमन्त्री कार्यालयमा प्रदर्शनकारीहरुको हमला


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ३० २०७९
  • 2.2K
    SHARES

काठमाडौं । श्रीलंकामा शान्ति सुरक्षाको अवस्था राज्यको नियन्त्रणभन्दा बाहिर जान थालेपछि सेनालाई आवश्यक कदम चाल्न प्रधानमन्त्री रनिल बिक्रमासिंघेले निर्देशन दिनुभएको छ ।

प्रदर्शनकारीहरुले बुधबार प्रधानमन्त्री कार्यालयमा हमला गरेपछि विधिको शाषन पुर्नस्थापित गर्न आवश्यक जुनसुकै कदम चाल्न सेनालाई जिम्मा दिईएको हो ।

गत शनिबार राष्ट्रपतिको सरकारी भवन तथा प्रधानमन्त्रीको निजी निवासमा आक्रमण गरेका प्रदर्शनकारीहरुले बुधबार प्रधानमन्त्री कार्यालयमा हमला गरेका थिए ।

विधिको शाषनको खिल्ली उडाउने काम भएको भन्दै प्रधानमन्त्रीले देशमा कानुनी राज स्थापना गराउन आवश्यक जिम्मा लिन सेनालाई गुहार्नुभएको हो ।

राष्ट्रपति गोतावाय राजापाक्षे देश छाडेर भागेपछि श्रीलंकामा प्रधानमन्त्री बिक्रमासिंघे कार्यावाहक राष्ट्रपतिको हैसियतमा पुग्नुभएको छ । तर, सरकार विरोधी प्रदर्शनकारीहरु भने उहाँलाई स्विकार्ने पक्षमा छैनन् ।

प्रधानमन्त्री बिक्रमसिंघे कार्यवाहक राष्ट्रपति बनेपछि प्रदर्शनकारीहरु बुधबार झनै उग्र बनेका हुन् । आर्थिक तथा राजनीतिक संकटबाट गुज्रिरहेको टापु मुलुक श्रीलंकामा विपक्षी दलहरुबीच सरकार गठनको सहमति जुटिसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४