Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एक दिवसिय क्रिकेटमा स्कटल्याण्डमाथि नेपालको पहिलो जित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ३० २०७९
  • 2.6K
    SHARES

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू क्रिकेट अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा नेपालले पहिलो जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा नेपाललले आयोजक स्कटल्याण्डलाई ५ विकेटले हराएको हो । स्कटल्याण्डविरुद्ध नेपालको यो पहिलो जित हो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४२ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४४ रन मात्रै बनायो ।

स्कटल्याण्डका लागि गाभिन मेनले अविजित ६४ रनको पारी खेले । मार्क वाटले १७, सफ्यान शारिफले १६ तथा कलुम म्याकलोडले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका सोमपाल कामी र आदील आलमले ३/३, कप्तान सन्दीप लामिछानेले २ तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।

नवाफमा स्कटल्याण्डले दिएको १ सय ४५ रनको लक्ष्य नेपालले २५ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा आसिफ शेखले ७१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, रोहित पौडेलले अविजित ३४ र कुशल भुर्तेलले २७ रन बनाए ।

स्कटल्याण्डका गाभिन मेनले ३ तथा एड्रिन निल र रिची बेरिङटनले १/१ विकेट लिए ।

यो जितसँगै नेपालले १८ खेलमा १७ अंक जोड्दै तालिकाको पाँचौ स्थानको नामिबियालाई उछिनेको छ । स्कटल्याण्ड २२ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । श्रृंखला अन्तर्गत अब नेपालले तेस्रो खेलमा शनिबार नामिबियाविरुद्ध खेल्नेछ भने अन्तिम खेलमा आइतबार स्कटल्याण्डविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४