Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देश छाडेर भागे श्रीलंकाली राष्ट्रपति राजापाक्षे


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २९ २०७९
  • 2.3K
    SHARES

काठमाडाैँ । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेका छन् ।

राष्ट्रपतिको कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राजापाक्षे मंगलबार राती मुलुक छोडेर भागेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुकाअनुसार सैनिक विमान चढेर भागेका उनी मालदिभ्सको राजधानी माले पुगेका छन् । राष्ट्रपति राजापाक्षेसँगै उनका भाई पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि मुलुक छाडेर अमेरिका पुगेको बताइन्छ । राजापाक्षे भागेसँगै श्रीलंकामा वर्षौंदेखि चल्दै आएको राजापाक्षे परिवारको शासन अन्त्य भएको टिप्पणी गर्न थालिएकाे छ ।

राष्ट्रपति राजापाक्षे भागेसँगै प्रदर्शनमा उत्रेका सर्वसाधारणले श्रीलंकाको राजधानीमा कोलम्बोमा खुसीयाली मनाइरहेका छन् । यसअघि राष्ट्रपति राजापाक्षेले आज पदबाट राजीनामा दिने बताएका थिए । योसँगै श्रीलंकामा आगामी जुलाई ३० मा नयाँ राष्ट्रपति चुनिने भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४