Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्रीलंकामा संविधान संशोधन गरी सांसद बनाएकाले देश छोड्दै, अध्यागमनले राेक्याे


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २८ २०७९
  • 2.4K
    SHARES

एजेन्सी । देश छोड्न लागेको श्रीलंकाका पूर्व अर्थमन्त्री बासिल राजापाक्षेलाई त्यहाँका अधिकारीहरूले रोकेका छन् ।

कोलम्बो विमानस्थलमा राजापाक्षे देश छाडेर जान लागेको थाहा पाएपछि त्यहाँका भएकाहरूले विरोध गरेका थिए । सामाजिक सञ्जाल भाइरल भिडियोमा यात्रुहरूले बासिल राजापाक्षेलाई विमानस्थलमा देखेपछि विरोध गरेका थिए ।

प्रदर्शनकारीले उनलाई देश छाडेर जान नदिन त्यहाका अधिकारीहरूसँग माग गरेका थिए । श्रीलंकाको अध्यागमन अधिकारीहरूले राष्ट्रपतिका भाइसमेत रहेका पूर्व अर्थमन्त्री बासिललाई विमानस्थलमा रोकेको बताएका छन् ।

इन्धन, खाद्यान्न र अन्य जरुरी साधानको अभावको विरोध प्रदर्शन चलिरहेको समयमा बासिल राजापाक्षेले अप्रिलको सुरुमा पदबाट राजीनामा दिएका थिए । उनले जुनमा आफ्नो सांसद पद पनि छाडेका थिए ।

बासिल राजापाक्षे महिन्दा राजापाक्षे र गोटाबाया राजापाक्षेको भाइ हुन् । उनी आफ्नो दाइ अर्थात् हालसम्म प्रधानमन्त्री रहेका महिन्दा राजापाक्षे सरकारका अर्थमन्त्री थिए । त्यसअघि आफ्नो दाइको दोस्रो कार्यकालमा पनि उनी आर्थिक विकास मन्त्री बनेका थिए ।

बासिल १९७७ मा नै आम निर्वाचनमा सहभागी भए पनि पराजित भएका थिए । २००५ मा महिन्दा राजापाक्षेले निर्वाचन जितेर राष्ट्रपति बनेपछि उनलाई सांसदमा मनोनित गरिएको थियो ।

२०१० मा भएको संसदीय निर्वाचनमा भने उनी विजयी भए । पछिल्लो पटक उनलाई फेरि सांसदमा मनोनित गरिएको थियो । यसपटक भने उनलाई सांसद बनेलगत्तै अर्थमन्त्रीको समेत जिम्मेवारी दिइएको थियो ।

बासिल राजापाक्षेसँग अमेरिकी नागरिकता समेत भएकाले संविधान नै परिवर्तन गरेर सांसद बनाइएको थियो । त्यसअघि कानूनमा दोहोरो नागरिकता हुने व्यक्ति सांसद बन्न नपाइने थियो ।

बिग्रँदो आर्थिक अवस्थाका बीच बासिल संसद आउन छाडेका थिए । उनीमाथि भ्रष्टाचारको पनि कयौं आरोप लागेको छ ।

२०१५ अप्रिलमा उनलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको थियो । उनीमाथि दुई अन्य व्यक्तिसँग मिलेर राज्यको सम्पत्ति हडपेको आरोपसमेत लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४