Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अनुगमनमा गएका कर्मचारीमाथि कुटपिट गर्ने घिसिङ प्रहरी नियन्त्रणमा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २८ २०७९
  • 6.8K
    SHARES

काठमाडौं । बागमती नदीभित्र हुने अनधिकृत कामको बारेमा नियमित अनुगमन गर्ने क्रममा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिएका छन् । लामो समयदेखि बागमती नदी किनारामा अनधिकृत रूपमा फोहोर संकलन बनाउँदै आएका सुवास घिसिङले अनुगमनको क्रममा हिँडेका समितिका एक कर्मचारीलाई कुटपिट गरेर टाउको फुटाएका हुन् ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आयोजनाको काम नै अवरोध पुर्‍याउने गरी फोहोर संकलन केन्द्र नराख्न तीन पटक पत्राचार गरिसकेको छ । तर घिसिङले दादागिरी देखाउँदै समितिको पत्राचारलाई अटेर गर्दै आएका छन् ।

नदी किनारामा फोहोर संकलन केन्द्र सञ्चालन गरेर लाखौँ कमाऊ धन्दा चलाउँदै आएका छन् । अनधिकृत रूपमा फोहोर संकलन स्थापना गरेर स्थानीयलाई समेत धम्की दिँदै उनले बागमती कोरिडोर क्षेत्रबाट फोहोर उठाउने कामलाई जारी नै राखेका छन् ।

सोमवार दिउसो नियमित अनुगम गर्ने क्रममा समितिको ‘क्विक रेस्पोन्स टिम’मा सहभागी बलराम श्रेष्ठमाथि कुटपिट गरेर टाउको फुटाइदिएका छन् । उनले काममा हिँडेका समितिका कर्मचारीमाथि बाटोमा हिँडिरहेको अवस्थामा एक्कासि कुटपिट गरेर टाउको फुटाएको पीडित बलराम श्रेष्ठले बताए ।

उनले भने,‘हामी नियमित अनुगमनमा गएका थियौ, मैले फोहोर संकलन स्थलको फोटो खिच्न लागेको थिए, त्यही बेला म माथि एक्कासि मुक्का प्रहार भयो ।’ घिसिङको आक्रमणबाट घाइते भएका श्रेष्ठको टाउकोमा दुई वटा टाका लगाइएको छ ।

श्रेष्ठमाथि आक्रमण गर्ने घिसिङलाई प्रहरीले पक्राउ गरेर हाल महानगरीय प्रहरी परिसर बौद्धको हिरासतमा राखिएको छ । घिसिङले दादागिरी देखाएर नदी किनारामा फोहोर संकलन केन्द्र बनाउँदा बागमतीको ब्युटिफिकेसनको काममा समेत असर पुगेको समितिले जनाएको छ ।

उनले राजनीतिक दलका नेताहरूलाई आफ्नो पक्षमा पादै फोहोरको डनको रूपमा सरकारको कामलाई समेत अवरोध सृजना गर्दै आएको समितिका एक कर्मचारी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४