Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपत्यकाको सुरक्षा व्यवस्था केन्द्रलाई नै, विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २७ २०७९
  • 10.1K
    SHARES

काठमाडौं । काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था केन्द्र मातहत राख्ने गरी सरकारले ल्याएको विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकले पारित गरेको नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र सम्बन्ध ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक अनुसार उपत्यकाको सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीमा रहनेछ ।

तर, नेपाल प्रहरीले प्रदेश प्रहरीको समन्वयमा काम गर्नुपर्ने विधेयकमा उल्लेख छ । सरकारले ल्याएको विधेयकमा सुरुमा काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा नेपाल प्रहरीकै मातहत रहने व्यवस्था थियो ।

यसमा प्रतिनिधिसभाले ‘कार्य सम्पादन गर्दा नेपाल प्रहरीले प्रदेश प्रहरीसँग समन्वय गर्नेछ’ भन्ने वाक्यांश थपिएको छ ।

काठमाडौं उपत्यकाको सुरक्षा अहिले पनि नेपाल प्रहरीले नै हेर्दै आएको छ । पूर्ववर्ती सरकारले उपत्यकाको सुरक्षा केन्द्र मातहत रहने गरी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशलाई सरकारले पनि निरन्तरता दिएको छ ।

अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । जसलाई सोमबारको प्रतिनिधिसभाको बैठकले पारित गरेको हो । पारित विधेयक अब राष्ट्रियसभामा जानेछ । राष्ट्रियसभाले पनि पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ ।

राष्ट्रियसभाले गरेको संशोधन प्रतिनिधिसभाले स्वीकार गरेको खण्डमा सभामुख हुँदै राष्ट्रपतिकहाँ पुगेर प्रमाणीकरण भएपछि ऐनका रूपमा कार्यान्वयनमा आउँछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४