Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शुक्रबार संसदमा नागरिकता विधेयक पेश हुने, मन्त्री भन्छन्– ‘फास्ट ट्रयाकबाट पारित हुन्छ’


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २३ २०७९
  • 1.9K
    SHARES

काठमाडौं । मन्त्री तथा सांसदहरूले शुक्रबारको बैठकमा नागरिकता विधेयक पेश हुने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री तथा सांसदहरूले फास्ट ट्रयाकबाट विधेयक पारित हुने बताए । उनीहरूले नागरिकता विधेयक सर्वसम्मत्तिबाट पारित हुनपर्नेमा जोड दिँदै त्यसका लागि नेताहरूले कोशिस गरिरहेको जानकारी दिए ।

वन तथा वातावरण मन्त्री प्रदीप यादवले संसदमा पेश गर्ने नयाँ नागरिकता सम्बन्धी विधेयक फाष्ट ट्रयाकबाट पारित हुने बताउनुभएको छ ।

मन्त्री यादवले सरकारले संसदमा पेश गर्ने नागरिकता सम्बन्धी नयाँ विधेयक फाष्ट ट्रयाकबाट पारित हुने बताउनुभयो । उहाँले जन्मसिद्धका छोराछोरी अनागरिक भएर बाच्नुपरेको भन्दै सर्वसम्मत् रूपमा विधेयक पारित गर्नुपर्ने बताउनुभयो ।

यस्तै, नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले शुक्रबारको प्रतिनिधिसभा बैठकमा नै नागरिकता सम्बन्धी विधेयक पेश हुने बताउनुभयो ।

विधेयकको सम्बन्धमा गठबन्धन एक ठाउँमा रहेको उल्लेख गर्दै उहाँले सर्वदलीय सहमतिका लागि शीर्ष नेताहरूले कोशिस गरिरहेको जानकारी दिनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले सरकारले पेश गर्ने नयाँ नागरिकता सम्बन्धी विधेयकले संवैधानिक व्यवस्था अनुसार जन्मसिद्धका छोराछोरीले नागरिकता पाउने कुरा समेट्ने बताउनुभयो ।

उहाँले पनि नागरिकतासम्बन्धी विधेयक शुक्रबारको प्रतिनिधिसभा बैठकमा पेश हुने जानकारी पाएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४