Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भक्तपुर र हेटौंडामा पनि देखियो हैजा, संक्रमित संख्या २१ पुग्यो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २२ २०७९
  • 3.8K
    SHARES

काठमाडौं । चाँगुनारायण नगरपालिका वडा नम्बर-४ दुवाकोट र हेटौंडा नगरपालिकामा हैजाका संक्रमित भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उक्त दुई संक्रमितको अस्पतालमा उपचार भइरहेको छ ।

‘दुवाकोटका संक्रमितको टेकु र हेटौंडाका संक्रमितको काठमाडौंस्थित विरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ । हालसम्म २१ जना हैजाका संक्रमित पुष्टि भइसकेको छ,’ महाशाखाका निर्देशक डा. चुम्मनलाल दासले भने ।

काठमाडौं उपत्यकामा हालसम्म बागबजार र कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु (बोहोराटार), बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार) , किर्तिपुर, कागेश्वरी मनहरा, टेकु, र ग्वार्कोमा हैजाका संक्रमित भेटिएका छन् ।

काठमाडौं उपत्यकाका धारा र इनारको पानी, ट्याङकरबाट वितरण गरिने र जारको पानीमा ईकोलाई र कोलिफर्म देखिएको छ । ईकोलाई मानिसको दिसामा हुने जीवाणु हो । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा आजभोलि झाडापखालाका बिरामी बढिरहेका छन् ।

गर्मी तथा वर्षायाम सुरु भएसँगै झाडापखाला, हैजाजस्ता रोगहरू फैलने हुँदा सावधानी र सतर्कता अपनाउन असाध्यै जरुरी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हैजाको संक्रमण हुँदा पेट दुख्ने, बान्ता हुने, असाध्यै तिर्खा लाग्ने, पातलो दिसा हुने जस्ता लक्षण देखिन्छन् ।

चिकित्सकका अनुसार झाडापखाला हुँदा घरमै उपचार गर्न सकिन्छ । झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटक पटक खुवाउने, प्रशस्त मात्रामा सफा तथा झोल कुराहरु पटक–पटक खाने, नरम तथा सजिलै पच्ने खानेकरा थोरै–थोरै गरी खाने, स्वास्थ्यकर्मीले सिफारिस गरे अनुसार जिङक चक्कीको मात्रा नविराइकन खाने, व्यक्तिगत सरसफाईमा ध्यान दिने र स्वच्छ पानी तथा खाना खानुपर्ने जनस्वास्थ्य विज्ञको सुझाव छ ।

त्यसैगरी कुनैपनि लक्षण देखिएमा तुरून्तै स्वास्थ्य संस्थामा लैजानुपर्छ। खान, पिउन नसक्ने गरी बिरामी भएमा, दिसामा रगत देखा परेमा, बारम्बार बान्ता भइरहेमा, ज्यादै तिर्खाएमा, ज्वरो आएमा, धेरै पटक पातलो दिसा गरेमा स्वास्थ्य संस्थामा लैजानुपर्छ ।

झाडापखलाबाट बच्न दिसा पिसाव गरिसकेपछि साबुनपानीले मिचिमिची हात धुने, खाना बनाउनु, खुवाउनु र खानु अघि साबुनपानीले मिचिमिची हात धुने पानी उमालेर, फिल्टर गरेर वा एक लिटर पानीमा ३ थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउने बासी, सडेगलेको, किरा भन्केको खानेकुरा नखाने चिकित्सकहरु सुझाव दिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४