Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री देउवासहित सत्तारुढ दलका नेताहरुले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १८ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनका नेताहरूले बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको स्थलगत निरीक्षण गर्ने भएका छन् ।

काठमाडौंबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरूको टोली निजगढ भ्रमणमा जाने बताइएको छ ।

प्रधानमन्त्री देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू विमानस्थल निर्माणक्षेत्रको अवलोकनमा जान लागेका हुन् ।

वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरूले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा आउन लागेका हुन् ।

सर्वोच्च अदालतले गत बुधवार विमानस्थलसम्बन्धि मुद्दाको फैसला गर्दै निर्माण गर्ने जिम्मा सरकारलाई दिएको थियो । जैविक विविधतायुक्त घना जंगल फडानी गरेर विमानस्थल निर्माण गर्न खोजिएको भन्दै विरोध हुँदै आएको छ ।

यता, निजगढका स्थानीयले भने सर्वोच्चको यसअघिको फैसलापछि निजगढमै विमानस्थल निर्माण गरिनुपर्ने भन्दै पूर्वपश्चिम लोकमार्गमा गर्दै आएको रिले अनसन बिहीबारबाट अन्त्य भएको छ ।

विमानस्थल निर्माण सम्बन्धमा सर्वोच्च अदालतले बुधबार सार्वजनिक गरेको पूर्णपाठलाई सकारात्मक भन्दै समितिले २४ दिनअघि देखि गर्दै आएको रिले अनसन अन्त्य गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४