Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालका बिषयमा अनर्गल प्रचार गर्ने जीन्युजका प्रधानसम्पादक सुधीर चौधरीले दिए राजिनामा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १८ २०७९
  • 4.2K
    SHARES

भारतीय टेलिभिजन जीन्युजका प्रधानसम्पादक सुधीर चौधरी हरेक नेपालीको मानसपटलमा धुमिल बनेर बसेका छन् । उनको नाम प्रायः सबै देशभक्त नेपालीलाई याद छ । यिनै पत्रकार चौधरीले नेपालबारे अनेकन भ्रम फैलाएका थिए । रामजानकी , सगरमाथा, सिमाबिबाद, पुर्व प्रधानमन्त्री ओली र चिनीया राजदुतबीचको कपोकल्पीत प्रेमकथा जस्ता बिषयमा उनले नेपाल र नेपालीकै प्रतिष्ठामा आँच आउने गरी कार्यक्रम बनाएर प्रस्तुत गरेका थिए ।

तिनै भारतीय टेलिभिजन जीन्युजका प्रधानसम्पादक सुधीर चौधरीले राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत भएको र आगामी ८ जुलाईमा बिदाई कार्यक्रम राखिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । सामाजिक सञ्जालहरुमा उनले किन जीन्युज छोडे भन्ने बारे प्रतिक्रिया तथा धारणाहरु आउन सुरु गरेका छन् ।

समाचारहरुमा उनले आफ्नो व्यवसाय गर्न खोजेको उल्लेख गरिएपनि स्पष्ट खुलाइएको छैन । चौधरी जीन्युजमा पछिल्लो एक दशकदेखि प्रधानसम्पदकको भूमिकामा थिए । भारतीय सत्तारुढ पार्टीको पक्षपोषक भएको आरोप लागेपनि उनी चर्चित छन् उनले नेपाल आएर २०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तरवार्ता लिएका थिए भने सगरमाथा पुगेर उनले एभरेस्ट भारत दाबी गर्नुपर्छ भनेर विवादास्पद अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४